प्रेम सुनार, गुल्मी २०७४ माघ २४ । नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटमाथी चोट दिई रहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येका एक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर । मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षिय वसन्तको जिन्दगी निकै कहाली लाग्दो छ । उनि दुई वर्षको दुधे वालक छँदा उनकी आमाको मृत्यु भयो । बाबु निमेक मजदुरीमा हिड्ने उनिको वात्सल्य किनै कारुणीक अवस्थामा गुज्रियो ।
जेहोस् जनतन हुर्किए । गाडी लाईनमा लागे विस्तारै गाडी चलाउन सिके । कसै संग नमिठो वोल्न नजान्ने अत्यन्तै मिलनसार , ईमान्दार भएकोले पनि उनलाई गाडी मालिकहरुले विश्वास गरेर गाडी चलाउने काम दिएका थिए । अव त केहि गर्छुकी भन्ने वेलामा सात वर्ष अघि उनका वावुलाई अल्सर सम्वन्धि रोग लाग्यो । करिव ३ लाख खर्च जुटाउनु उनका लागि हात्तिलाई वोकाको भारी तुल्य थियो । तै पनि घर खेतकै चुनौती मोलेर उक्त रकम जुटाए वसन्तले । तर वावुलाई बचाउन भने सकेनन् ।
त्यही ऋणको भारीले थिचिएका वसन्तले सिमिचौरमा लोकल वस चलाउँदै ऋण निखार्ने प्रयत्नमा थिए । तर फेरी नियतिले उनि आफ्नै शरीरमा ठुलो वज्रपात ग¥यो । स्वाथ्य परिक्षण गराउँदा उनको दुवै मृगौला फेल भएको पत्तो लाग्यो । पुरानै डेढ दुई लाख ऋण तिर्न बाँकी रहेका वसन्तलाई २० देखि २५ लाख रकम नभए जीवन नै जाने भए पछि छाँगाबाट खसे जस्ता भए । हामी संगको भेटमा उनले गहभरी आँशु पार्दै भने–‘ मेरो चिन्ता थिएन तर छोरा छोरी श्रीमतिले दुख पाउने भए, सवैले सहयोग गरे मेरा वालवच्चा विचल्ली हुनबाट वच्ने थिए । ’
उता श्रीमती तारा कुँवर दुई सन्तान काँखमा लिएर रोएको रोवै गर्छिन । लौन मेरो श्रीमानलाई बचाई दिनुस भन्दै हात जोड्छिन् । उनका काका कमल कुँवर भन्छन हामी संघ–संस्था , सरकारी कार्यालय, घर–घर, व्यक्ति–व्यक्ति संग पुगेर सहयोग अभियान चलाएका छौं , हाल सम्म १ लाख ८० हजार जति रकम उठेको छ , त्यसले त छेवै लाग्दैन, यसर्थ सञ्चार माध्यम मार्फत देश विदेशमा रहने नेपालीहरु संग सहयोगको हात फैलाउन आएका हौं ।
उनको मिलानसार व्यक्तित्व र सहयोगी भावना भएकोले आफुले वस चलाउने गाउँ अर्थात सिमिचौरका वासीन्दा समेत उनलाई वचाउ अभियानमा जुटेका छन् । सिमिचौर स्थित जनचेतना आमा समुह आफैले १० हजार दिए भने अरु संग सहयोग संकलन गरेर करिव ३० हजार भन्दा बढि संकलन गरेर उनको खातामा हिजो मात्र समुहकी अध्यक्ष मोहनकुुमारी थापा र सचिव सरस्वती ज्ञवालीले सो रकम राखी दिएका छन् ।
सचिव ज्ञवाली भन्छिन् त्यतिको सोझो र सहयोगी मान्छे विरलै हुने भएकोले गाउँवासीहरु थैया.. भन्दै सहयोग संकलनमा जुटेका हुन् । उनले थपिन–‘ हामी सवैले एकएक छाक नखाएर पनि उसलाई वचाउन म अनुरोध गर्दछु । त्यसो त उनलाई नजिकबाट चिन्ने जो कोहीले उनलाई सहयोग नजुटाउ भन्ने कोही छैनन् , सवैले उनको जीवन रक्षाको दुहाई मागेका छन् । उनि अहिले काठमाडौ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डाईलसिस गराई रहेका छन् ।