Sorry, that menu does not exist.
 

बुर्तिवाङको भब्रेटा ब्रह्माथानमा १ लाख लिटर खानेपानी ट्याङकीको निर्माण कार्य तीब्रगतिमा !

राम सुवेदी, बुर्तिवाङ २०७४ माघ २४ । ढोरपाटन नगरपालिकाको वडा नं. १ भब्रेटा स्थित ब्रह्माथानमा १ लाख लिटरको खानेपानी ट्याङकी निर्माण तीवं्र रुपमा अघि बढाईएको छ ।

नगरपालिकाको आर्थिक वर्ष ०७४÷०७५मा विनियोजन गरिएको २७ लाख बजेटले उक्त पानी ट्याङ्की निर्माण थालिएको निर्माण समितिका अध्यक्ष गुञ्जबहादुर भण्डारीले ईबागलुङलाई बताए ।

ढोरपाटन नगरपालिकामै सबै भन्दा ठूलो खानेपानी ट्याँङकी निर्माण हुन थालेको भन्दै निर्माणका लागि १ जना ओभरसियर समेत नियमित योजना स्थलमा राखिएको वडा सदस्य होमबहादुर रानाको भनाई छ । भब्रेटा तथा नजिकको पोखरीधाराका गरि ५२ घरधुरी मुख्य उपभोक्ता भएपनि पानीको स्रोतले भ्याएसम्म बुर्तिबाङ बजारलाई समेत लक्षित गरि योजना सञ्चालनमा ल्याईएको वडा अध्यक्ष चित्रबहादुर भण्डारीले बताए ।

कोलखोला मुहानबाट २०४४ सालमा आइएनएफले बनाइदिएको सानो पानी ट्याँङ्की र त्यसमा जोडिएको ३२ एमएमको पाइपले खानेपानी गुजरा चलाएको स्थानीयहरु बताउँछन् । अहिले एक ठाउँमा २ हजार लिटर र अर्को ठाउँमा ३ हजार लिटरको टेयाँङ्कीबाट खानेपानी सञ्चालन भइरहेको स्थानीय उपभोक्ता अर्जुन खत्रीले बताए । दीर्घकालीन सोंचका साथ नगरपालिकामा वडाबाट माग भइ आएको योजना संझौता गरि अहिले काम थालिएको योजनाका अध्यक्ष गुञ्ज भण्डारीको भनाई छ ।

उक्त स्थानमा निर्माण थालिएको १ लाख लिटर पानी अटने ट्याँङकी, ८ घनमिटर स्टेमेट गरिएको छ । कोलखोलाको पुरानो मुहान र नयाँ अरुपनि दुईवटा मुहानबाट उक्त स्थानमा प्रसस्त पानी ट्याँङ्कीमा खसाल्ने योजना रहेको वडा सदस्य होमबहादुर रानाले जानकारी दिए ।

गाउँको शिरानमा पानी ट्याँकी भएकाले पूरै गाउँभरी पानी पु¥याउने लक्ष्य राखिएको योजना निर्माणमा सहयोग गरिरहेका स्थानीय युवा शंकर कुवँरले बताए । ट्याँङ्की निर्माणमा पहिलो चरणको ढलान सकिएपछि अहिले दोस्रो चरणको जाली सहितको ढलान सकिएको छ । तत्काल ट्याँकीको माथिल्लो भाग निर्माण थाल्ने तयारी समेत देखिएको छ ।

२८ दिनको समय लगाएर ५ जना मिस्त्री सहित स्थानीयको सहयोगमा काम अघि बढेको छ । करिव ५ महिनाको अवधिमा सबै काम पूरा गरिने लक्ष्य राखिएको वडा अध्यक्ष भण्डारीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply