Sorry, that menu does not exist.
 

बरेङमा तीन दिने बाख्रापालन कृषक तालीम सुरु, सात दिने डकर्मी तालीम जारी !

प्रकाश छन्त्याल, बागलुङ, २०७४ माघ २६ । बरेङ गाँउपालीका वडा नं १ बरेङमा बुधबार शुरु भएको डर्कमी पुनर्ताजगी तालीम जारी रहेको छ । घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बागलुङको आयोजना बरेङ गाँउपालिकाको प्राबिधिक सहयोगमा बुधबार देखी ७ दिने डर्कमी पुनर ताजगी तालीम शुरु गरिएको हो ।

३० जना प्रशिक्षार्थीको उपस्थिती रहेको तालमिमा दोस्रो दिन प्रशिक्षार्थीलाई निर्माण सामाग्रीको गुणस्तर, भूकम्पले पुरयाउने धनजनको क्षेती, सामाग्रीको आधारभुत ज्ञान, भूकम्पीय जोखिमका न्युनिकरणका उपायका बारेमा ईन्जिनियर कृष्ण थापा र बिपद ब्याबस्थापन सम्बन्धी ज्ञानका बारेमा सहायक ईन्जिनियर अणकलाल शर्माले सहजिकरण गरेका थिए ।
***
यसैवीच बरेङमा पशुसेवा शाखा बरेङ बागलुङको आयोजनामा ३ दिने बाख्रापालन कृषक तालीम बिहिबार देखि शुरु भएको छ ।

बरेङ गाउपालिका वडा न १ र २ वडाका २७ जना बाख्रापालक कृषकहरुको सहभागितामा तालीम शुरु भएको छ ।

सामुदायीक रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्यालको बिशेष उपस्थितीमा परिचयात्मक कार्यक्रम देखी शुरु भएको कार्यक्रमको बरेङ गाउपालिका वडा न १ का वडा अध्यक्ष नरसिंङ पुनको अध्यक्षता, पशुसेवा शाखा बरेङका प्रमुख नेत्र प्रसाद शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

तालीमको पहिलो दिन बाख्राका ऐतिहासिक पृष्ठभुमी,बाख्राका जात,महत्व र खोर ब्याबस्थापनको बारेमा पशुसेवा शाखा बरेङका प्रमुख नेत्र प्रसाद शर्माले सहजीकरण गरेका ।थए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply