बागलुङ, २०७४ माघ २६ । बागलुङ जिल्लाका स्थानिय तहमा भए गरेका निती तथा बार्षिक कार्यक्रमहरुको समिक्षा सहित आगामि दिनमा गर्ने कार्यहरुको वारेमा जानकारी लिने दिने उद्देश्यले जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीवार सम्पन्न जिल्लाका १० वटै स्थानिय तहका प्रमुख तथा मातहतका कार्यालय प्रमुहहरुबिच अन्तरक्रिया कार्यक्रममा स्थानिय तहमा उपस्थित नभै जिल्लावाट नै काम गरेको आधारमा कर्मचारीले तलव खान नपाउने सहमती गरेको गरिएको छ । काजमा गएका र खटाइएका कर्मचारीहरुले जिल्ला मै बसेर काम गरेको पाइएपछि स्थानिय तहमा काम गरेको सिफारिसका आधारमा मात्र तलव भुक्तानि गर्ने सहमती भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले जानकारी दिए ।
जिल्लामा शैक्षिक क्षेत्रका देखिएका समस्या, दरवन्दी मिलानको समस्या समधानका लागि समितिका प्रमुखको नेतृत्वमा समन्वय गर्ने सहमतीका साथै शिक्षक तथा कर्मचारी सरुवाका बिषयमा छलफल गरि अन्तरपालिकामा शिक्षक तथा कर्मचारीहरुको सरकारको अर्को व्यवस्था नभएसम्मका लागि सरुवा प्रक्रिया रोक्ने निर्णय भएको समेत श्रोतले बतायो ।