Sorry, that menu does not exist.
 

साताको तस्वीर : दक्षिणको पहिचान !

शब्द/चित्र : शेखर थापा, बागलुङ (बरेङ) २०७४ माघ २६ । गाउँघरमा मोटरबाटो पुगेसँगै विकासको व्दार खुलेको छ । स्थानीय जनजीवनमा अपूर्व परिवर्तन आएको छ । डाँडाकाँडा, खोल्साखोल्सी, उकालीओराली गरेर कष्टकर जीवन बिताईरहेका बागलुङ जिल्लाको दक्षिण भेगका जनताहरुमा सुविधाका अवसरहरु प्राप्त भएको अवस्था छ ।

नाककान, हात, घाँटीमा पहिरने गरगहनाको भन्दानि मोबाईल प्यारो बनेको छ । केटाकेटी, तन्नेरी तरुनी बुढापाका, महिला पुुरुष जस्को हातमा पनि मोबाईल देख्न सकिन्छ । विकास र अवसरका व्दार खुलेको छ ।

विविधताले भरिपूर्ण बागलुङ जिल्लाको दक्षिण भेगको जनजीवनलाई नियाल्दा यहाँको परम्परागत मौलिकतालाई स्थानीयले जोगाई रहेका छन् । विद्यमान पुराना शैली र परम्परामा सामान्य परिवर्तन आएको देखिएपनि जातिय पहिचान, सँस्कृति, सँस्कार, भेषभुषा, प्रति दक्षिण भेगवासीको मायाँ ज्यूँकात्यूँ नै रहेको छ ।

१. बृद्धाहरुमा सञ्चार मोह :

सञ्चारको पहुँच पुगेपछि मोबाईल फोनमा आफन्त सँग कुराकानी गर्दै बरेङ गाउपालिका वडा नं. २ का बृद्धा ।

२. इन्धन (दाउरा)को जोहो :

बरेङ गाउपालिका वडा नं. २, गेरुढुङ्गाको एक घरमा बर्खा यामको लागि सञ्चित गरि राखिएको दाउराको खात ।

३. पातमा चोखो प्रसाद:

पुजा सकिएपछि नेवारोको पातमा प्रसाद ग्रहण गर्दै जैमिनी नगर पालिका वडा नं. ९ खोल्टेका स्थानिय । रुखका पात र टपरीमा खाने पुरानो प्रचलन आजकल बिस्थापित हुदै गएको छ ।

४. गोलो कचहरी (राउण्ड टेबल मिटिङ)

बिविध बिषयमा छलफल गर्न बृत्त आकारमा बसेको बरेङ बजार व्यवस्थापन समितिको बैठक । सबैले सबैको अनुहार देख्ने गरि गाऊघरमा बसिने यस्ता कचहरीको प्रचलन हराउदै गएको छ ।

५. कोदोको महत्व:

बिषेशत तराईमा उत्पादित चावलको प्रयोग आजकल ह्वात्तै बढेको छ, तर स्थानिय स्तरमा उत्पादित कोदोको महत्व पनि उतिनै बढ्दो छ । कोदो नाङ्लेका निखन्दै (निखारदै) बरेङ बजार निवासी एक जोडी ।

६. पुराना शैलीका घर

घर निर्माणमा आधुनिकीकरण भित्रिए पनि बरेङ गाउपालिका वडा नं. ३ बाटाकाचौर स्थित पुराना शैलीका घर । यस्ता घर जाडो र गर्मी दुबै मौसमका लागि उपयुक्त मानिन्छन् ।

७. माउरीको शिकार:

बरेङ गाउपालिका–१ ढाँडपानीमा ढलाइएको दुधिलोको रुखमा आई गोलिएको माहुरीलाई थैलीमा सार्दै स्थानिय रनबहादुर रिजाल । माहुरीलाइ घारमा सारेर महका लागि घरमा पाल्ने गरिन्छ ।

८. गाजाको दृश्य:

गाजाको धुरिबाट देखिने जैमिनि नपा–३ नौले स्थित गाजाको दह लगायतको मनोरम दृश्य ।

९. जाडोको ओखती

पुस माघको कठ्याङ्गरिदो जाडो छल्न आगोको साहारा लिदै बरेङ बजारका स्थानिय । उच्च पहाडी भेग भएकाले यो सिजन यस क्षेत्रमा अत्याधिक चिसो लाग्ने गर्दछ ।

१०. सरसफाई

बरेङ बजार स्थित ईलाका स्वास्थ्य चौकी परिसर नजिक थुप्रिएको फोहोर जलाउदै स्थानिय द्वय चिन्तामणि जैसी र मेघराज ढुङ्गाना ।

११. सुतेका पहाड :

बरेङ गाउपालिका–२ डाँडाकटेरी देखि देखिने गुल्मी र स्याङजा जिल्लाका केहि पहाडका दृश्य । यहाँबाट गुल्मी, पर्वत, स्याङजा, पाल्पा लगायत जिल्लाका केहि स्थान एकैपटक अबलोकन गर्न सकिन्छ ।

१२. लोपोन्मुख घुमाउने घर:

बरेङ गाउपालिका वडा नं. १ लिउवामा रहेको लोपोन्मुख घुमाउने घरको भग्नावशेष । कोठा र पाली नछुट्याई बनाइने यस्ता घर लगभग लोप हुने स्थितीमा रहेका छन् ।

१३. मेलापातको ओटी:

दिनभरिको मेलापात सकेर साँझको लागि खानापकाउने दाउराको मुठो जोहो गरेर फर्कदै बरेङकी एक बृद्धा । प्रशस्त खोरिया भएका र दाउराको अभाव खासै नभएकाहरुले जति जहिले चाह्यो त्यति मात्र लिने काईदाको चलन गाउँघरमा हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply