कौरव खत्री, गुल्मी २०७४ माघ २६ । गुल्मीको पौदी प्राथमिक विद्यालयमा अभिभावकहरुको भेला सम्पन्न भएको छ ।
भेलाले विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि विद्यालयका शिक्षक चन्द्र बहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय पौदी प्राथमिक विद्यालय अक्षयकोष संकलन समितिको गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, अन्य सदस्यहरुमा तिल बहादुर खाती,कष्ण बहादुर थापा,श्याम बहादुर बोहोरा, डम्मर बहादुर बोहोरा,तिल बहादुर बस्नेत, पवित्रा थापा,यम बहादुर थापा, मित्र बहादुर खाती,कालिका थापा,निर्मला बोहोरा,सरस्वती कुँवर, लिल बहादुर नेपाली र सदस्य सचिवमा प्रधानाध्यापक गंगाप्रसाद श्रेष्ठ रहेका छन् ।
आर्थिक अभावले विद्यालयमा कपि, पेन किन्न नसक्ने लगायतका समस्याले गर्दा विद्यालयमा उपस्थित हुन नसकेका बालवालिकाहरुलाई शिक्षाको पहुचमा ल्याउनको लागि यस्तो अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक चन्द्र बहादुर केसीले जानकारी दिए ।
अक्षयकोष मार्फत आर्थिक संकलन गरेर मुल रकमको बार्षिक व्याजबाट समितिले गरिव,दलित, असाय र विपन्न वर्गहरुका विद्यार्थीहरुलाई कपी पेन, पोशाक र दिवा खाजा र परीक्षा शुल्क लगायतबाट विद्यार्थीहरुलाई सहयोग पु¥याउनका लागि ५० लाख आर्थिक संकलन गर्ने लक्ष्य सहित अक्षयकोषको स्थापना गर्नका लागि समिति गठन गरिएको विद्यालयका शिक्षक केसीले बताए ।
अक्षयकोषको लागि सोही वडा निवासी विद्यालयका शिक्षक चन्द्र बहादुर केसीबाट रु.२१ हजार,विद्यालयका भूतपूर्व प्रधानाध्यापक मोहनलाल गिरीबाट रु. १५हजार,५सय,५५रुपैया, समाजसेवी टिका बहादुर खातीबाट रु.१० हजार,बावुराम नेपालीबाट रु.५हजार,१सय,र सुरेशचन्द्र श्रेष्ठबाट ५ हजार गरि हालसम्म ५७ हजार संकलन भइसकेको अक्षयकोष सहयोग संकलन समितिका अध्यक्ष चन्द्र बहादुर कसीले बताए ।
विद्यालयमा अक्षयकोष मार्फत आर्थिक संकलन हुन थालेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या वृद्धि हुने आशा गरिएको छ भने हाल विद्यालयमा कक्षा १ देखि–५ सम्म ५१ जना विद्यार्थीहरुले अध्ययन गदै आएका छन् ।