बागलुङ २०७४ माघ २९ । नेकपा एमालेले प्रतिनिधी सभामा पठाएको ४१ समानुपातिक सांसदमा बागलुङकी एमाले नेतृ मना केसी एक हुन् । समानुपातिक सांसद केसी गत संविधान सभा सदस्यको चुनावमा एमालेबाट उमेदवार बनेकी थिईन् ।
पार्टीले उनलाई समानुपातिक तर्फ प्रतिनिधी समामा सिफारिस गरेको सार्वजनिक भए देखीने बधाईको ओईरो लागेको थियो । जिल्लामा उनले एक जुझारु सशक्त महिला नेतृको रुपमा पहिचान बनाएकी छन् ।