Sorry, that menu does not exist.
 

ढोरपाटनमा यस सिजनको दोश्रो हिमपात : हिउँ पर्न सुरु गरेपछी ढोरको जनजीवनमा देखियो उमंग !

अपडेट
बागलुङ २०७४ माघ २९ । केहि समय अघी देखी ढोरपाटनमा हिउँ पर्न सुरु गरेको छ । यो यस मौसमको दोश्रो हिमपात हो । यहि माघ महिनाको १० गतेको विहानी पख ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको थियो ।

‘भरखर भरखर हिउँ पर्न सुरु गरेको छ, नेपाली सेनामा कार्यरत ईन्द्र शाहीले दिएको जानकारी अनुसार ‘चिसो बढेको छ ।’

‘दिउसो ३ बजे पछी ढोरपाटनमा हिउँ पर्न थालेको हो, अहिले ढोरपाटन उपत्यका हिउँले ढाकी सकेको छ, ढोरपाटन पखाथरकी स्थानीय हिमकुमारी अदैले भनिन् ‘ढोरको मौसमलाई हेर्दा आज रातभर हिउँ पर्ने लक्षण देखिएको छ ।’

हिमपात सँगै ढोरको जनजीवनमा उच्छ्वासको अनुभूति भएको छ । किसानहरु बालीनाली सप्रने आशामा देखिएका छन् भने यस हिमपाले पर्यटकहरुलाई लोभ्याएको छ ।

सहकर्मी दिलमायाँ अदैको भनाईमा, ‘हिउँको स्पर्शले एक प्रकारको उमंग ल्याएको छ । राम्रो हिमपात भएमा पर्यटकहरु आगमन बढ्ने निश्चित छ ।’

अपडेट
आज साँझ सम्ममा एक फिट भन्दा बढी हिउँ परिसकेको स्थानीयले बताएका छन् । अहिले पनि पातलो पातलो हिमपात भैरहेको छ र भरखर प्राप्त हिमपातका केहि तस्वीर यहाँ अपडेट गरिएको छ ।
साझ ६ बजे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply