Sorry, that menu does not exist.
 

छेन्तुङमा सञ्चालित दुई दिने स्याउ बगैचा ब्यबस्थापन सम्बन्धी तालीम सम्पन्न !

झरना कँडेल, बुर्तिवङ २०७४ माघ २९ । ढोरपाटन नगरपालीका वडा नं ६ छेन्तुङमा सञ्चालित दुई दिने स्याउ सम्वन्धी तालीम आज सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजनामा सञ्चालित तालीममा ढोरपाटनमा स्याउको उत्पादन र गुणस्तमा बृद्धी ल्याउने तथा कृषकहरुको क्षमता अभिबृद्धी गर्नका निम्ती परामर्ष सहितको प्रशिक्षण दिईएको कृषी प्राबिधीक महेन्द्र अधिकारीले जानाकारी दिए । अधिकारीका अनुसार स्याउ बगैचाको ब्यबस्थापन , काटछाट कसरी गर्ने तथा रोगकीराबाट कसरी बचाउने भन्ने बिषयमा बिशेष जानाकारी गराईएको छ ।

तालीम पश्चात वडा नं ६ का केही कृषकहरुलाई स्याउ बगैचा ब्यबस्थापनका लागी १० सेट आरीसीकेचर, ४ वटा स्प्रेयर , निलोतुथो १५ कीलो र कृषी चुन १५ कीलोग्राम सामाग्री बितरण गरिएको अर्का प्राबिधीक प्रकृती छन्त्यालबाट जानकारी प्राप्त भएको छ ।

आज भएको समापन कार्यक्रमको अध्यक्षता ढोरपाटन नगरपालिका वडा नं ६ का वडासदस्य गोपाल बिकले गरेका थिए भने सञ्चालन कृषी प्राबिधीक महेन्द्र अधिकारीले गरेका थिए । यस्तै तालिम भोलि वडा नं ७ मा सञ्चालन गरीने प्राबिधिक अधिकारीले जानाकारी दिए ।
फाईल तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply