Sorry, that menu does not exist.
 

ज्ञानज्योति सिकाई केन्द्र बिहुँमा डिजिटल साक्षारता कक्षा संचालन

कोपिला कंडेल, बागलुङ २०७४ फागुन १ । काठेखोला गाउपालिका ६ बिहुं सुल्डाडा स्थित ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रमा आज देखी डिजिटल साक्षारता कार्यक्रम शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङ र काठेखोला गाउंपालिकाको सहयोगमा प्रौड शिक्षा अध्यन गरेका एबं बिद्यालयका शिक्षक शिक्षिकालाई लक्षित गरी डिजिटल साक्षारता कार्यक्रम शुरु गरिएको ज्ञान ज्योती सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण कंडेलले जानकारी दिए ।
कम्प्युटरको पहुचबाट टाढा रहेका समुदायलाई डिजीटल शिक्षा प्रदान गर्नका लागि यस्तो कार्यक्रम लागु गरेको केन्द्रले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले गाउंपालिकालाई सुचना र प्रबिधि संग जोड्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । समय सापेक्ष गाउंपालिकाका सबै वडालाई डिजिटल प्रविधि संग जोड्नु अनिबार्य रहेको भन्दै अध्यक्ष थापाले अनौपचारिक शिक्षा प्राप्त गरेकालाई समेत डिजिटल साक्षारता कक्षामा समावेस गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, श्र्रोत ब्यक्ति श्री प्रसाद न्यौपाने, भिमसेन माबिका प्रधानाध्यापक रघुनाथ कंडेल, अपाङ्ग संजालका अध्यक्ष जगुपति कंडेल र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
भिमसेन प्राबि अन्र्तगत रहेको सो ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रमा हाल पाच वटा कम्प्युटर बाट डिजिटल साक्षारता कक्षाको सुरुआत गरिएको केन्द्रका सचिव मान बहादुर केसीले बताए ।

कार्यक्रम ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण कंडेलको अध्यक्षता, संस्थापक सदस्य सिबलाल कंडेलको स्वागत मन्तब्य र सचिव मान बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply