Sorry, that menu does not exist.
 

बागलुङमा बेग्ला बेग्लै कार्यक्रमका साथ २३ औ जनयुद्ध दिवस मनाईयो !

केन्द्रका सल्लाहकारं राजभण्डारीद्धारा मानव सेवा आश्रमलाई १ लाख सहयोगको घोषणा

कोपिला कंडेल बागलुङ २०७४ फागुन १ । नेकपा माओवादी केन्द्र, नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओबादीले बेग्ला बेग्लै कार्यक्रमका साथ २३ औँ जनयुद्ध दिवस मनाएका छन । नेकपा माओबादी केन्द्रले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा खाद्यन्न सामाग्री प्रदान गरी तथा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य यज्ञबल्लभ शर्माले विगतमा माओवादीको नेतृत्वमा भएको आन्दोलनले अहिले आम जनताहरुले गणतन्त्रको महसूस गरेको चर्चा गर्दै पुँजीबादबाट समाजवादसम्म पुग्नका लागि युद्धमा धेरैले योगदान पु¥याएको बताए । उनले पुराना इतिहास र ज्ञानलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने सुझाए । कार्यक्रममा नेकपा एमालेका सचिव लालबहादुर थापाले जनक्रान्तिले समाजमा गतिशिलता प्रदान गर्नुका साथै सामाजिक, राजनीतिक परिवर्तनमा बिभिन्न एजेण्डा बनेर आएको भनाई राखेका थिए ।

सोही अवसरमा माओवादी केन्द्रका सल्लाहकारं लालचन्द्र राजभण्डारीले क्रान्तिको समयमा ज्यान गुमाएका तथा वेपत्ता परिवारको स्मरण स्वरुप मानव सेवा आश्रमलाई १ लाख रुपयाँ सहयोग गर्ने घोषणा गर्दै मानव सेवा आश्रमलाई आफ्नो ७५ औँ जन्मोत्सवको अवसरमा १ लाख रुपैँयाको कोष खडा गर्ने बताए ।

सो अवसरमा कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा माओबादी केन्द्रले मानव सेवा आश्रमलाई चामल दाल नुन तेल फलफुल लगायतका खाद्यान्न सामग्री हस्तान्त्रण गरेको थियो ।

कार्यक्रम माओवादी केन्द्र जिल्ला कार्य समिति बागलुङका अध्यक्ष कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, केन्द्रिय सदस्य टिकाकुमारी बिकको स्वागत मन्तव्य र नेकपा माओबादी केन्द्र नगर कमिटिका सचिव डियर बाबु हमालको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै केन्द्रले लोकतान्त्रिक चोकमा शान्तिको कामना सहित वेपत्ता तथा शहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको थियो ।

यसैगरी बुर्तिवाङ तेइसौँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगर संगठन कमिटि बुर्तिबाङले मंगलवार शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा ढोरपाटन नगर संगठन तथा माओबादी केन्द्रमा आबद्ध विभिन्न भातृसंगठनका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको नगर संगठन कमिटिका अध्यक्ष चन्द्रलाल अर्यालले बताए ।

तत्कालीन माओबादीले वि.स. २०५२ साल फागुन १ गतेबाट विधिबत रुपमा शसस्त्र युद्धको सुरुवात गरेको थियो । यहि दिनलाई स्मरण गर्दै माओबादी केन्द्रले हरेक बर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ ।

त्यस्तै, आज नै बुर्तिबाङमा नेकपा—क्रान्तिकारी र नेपाल कम्युनिष्ट पार्टीले पनि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन ।
बुर्तिबाङको लक्ष्मीकुण्ड होटेलमा भएको कार्यक्रममा दुवै पार्टीका नेताहरुले माओबादी केन्द्र संशोधनबादको दलदलमा फसेर जनयुद्धको बेलामा ज्यान गुमाएका सहिदहरुको सपनामाथि कुठराघात गरेको आरोप लगाएका छन् । कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज विकिरण क्षेत्री र नेकपा—क्रान्तिकारीका गुञ्जबहादुर भण्डारीले बोलेका थिए ।

आज नै नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चाको दोस्रो भेला पनि सम्पन्न भएको छ । भेलाले शिशिर विकको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । जसको सह—संयोजकमा लक्ष्मण विक र अन्य सदस्यहरु समेत रहेका छन् । कार्यक्रमको सञ्चालन नेकपा सम्बद्ध युवा संगठनका जिल्ला अध्यक्ष सुमित घर्तिमगरले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply