Sorry, that menu does not exist.
 

सिरबारे प्रा वि को रजत महोत्सव : घर नै बिद्यार्थीको पहिलो पाठशाला – उपप्रमुख काउचा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन ७ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले बिद्यार्थीहरु बिद्यालयको शिक्षाले मात्र सक्षम नहुन बताएकी छन्। सिरबारे प्राथमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटी सिरबारेको रजत जयन्ती तथा २५ औ बार्षिकोत्सब कार्यक्रमको उदघाटन गर्दै काउचाले यस्तो बताएकी हुन् ।
उपप्रमुख काउचाले बिद्यालयमा बिद्यार्थीहरु केहि समय रहने र घर नै बिद्यार्थीको पहिलो पाठशाला भएको भन्दै शैक्षिक क्रियाकलापमा अग्रसर बनाउनका लागी अभिभावकको प्रमुख भुमिका रहने बताईन । उनले गल्कोट नगरपालिकाबाट बिद्यालयको भौतिक, शैक्षिक ब्यवस्थापनका लागी बिशेष सहयोग गर्ने भन्दै नगरपालिका भित्र शिक्षा क्षेत्रको बिकासका लागी नगरपालिकाले बिशेष योजना बनाएको जानकारी दिईन् ।

कार्यक्रममा उपप्रमुख काउचालाई बिद्यालय सेवा क्षेत्र भित्रका स्थानियले फुल, माला र भजन सहित सम्मान प्रदान गरेका थिए ।

कार्यक्रम सिरबारे प्राथमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष मिनबहादुर बुढाथोकीको अध्यक्षता, शिक्षिका पबित्रा पुनको स्बागत मन्तब्य र ईरा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

बार्षिक रजत जयन्तिको अवसर पारि बिद्यालयले खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महिला अभिभावक बिच लोकगित तथा नृत्य प्रतियोगिता लगायतबा बिबिध कार्यक्रम आयोजना गरेका बिद्यालयका प्रध्यानाध्यापक धन बहादुर पुनले बताए ।

आजको उदघाटन कार्यक्रममा बिद्यालयले नगरउपप्रमुख काउचालाई मायाँको चिनो सहित सम्मान प्रदान गरेको थियो । आगामि फागुन ११ गतेसम्म चल्ने कार्यक्रममा चन्दादाता, अक्ष्यकोषदाता, सहयोगदाता लगायतलाई सम्मान प्रदान गरिने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुढाथोकीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply