पूर्णभद्र निउरे, ताराखोला, २०७४ फागुन १२ । नेपाल मा बि तारा को ४९ औ बार्षिकोत्सब आज देखि शुरु भएको छ । बार्षिकोत्सबका अबसरमा बिभिन्न आन्तरिक कार्यक्रम सहित बाहिय प्रतियोगिता को आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले जानकारी दिए ।
बार्षिकोत्सब को पहिलो दिन बिद्यालयका आन्तरिक कार्यक्रम अन्तरगत कक्षा नर्सरी र युकेजीको चक्लेट टिपाइ प्रतियोगिता ,कक्षा १ को प्रतियोगिता बेलुन फाइट प्रतियोगिता ,कक्षा २ को उफ्रेर चक्लेट टिप्ने प्रतियोगिता कक्षा ३ को पिठो मा पैसा टिप्ने प्रतियोगिता र कक्षा ४र५ का छात्रा को टिकि टास्ने प्रतियोगिता र अन्तर सदनात्मक छात्र छात्रा भलिबल खेल सम्पन्न भएको शिक्षक बिबेक परियारले जानकारी दिए।
फागुन १५ सम्म संचालन हुने बार्षिकोत्सब को अबसरमा बिद्यालयका विभिन्न आन्तरिक कार्यक्रम सहित अन्तर बिद्यालय स्तरीय आधारभुत तहको छात्र भलिबल , गाउँ पालिका भित्र कोअन्तर प्रा बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता संगै मैत्रीपुर्ण शिक्षकर शिक्षक भलिबल , अभिभावकर शिक्षक भलिबल समेत आयोजना गरिएको बिद्यालयले जनाएको छ ।