Sorry, that menu does not exist.
 

ताराखोलामा सन्चालित पशुस्वास्थ्य शिविरमा ४ हजार ६ सय पशुपंक्षीको परीक्षण तथा उपचार

पूर्णभद्र निउरे, ताराखोला २०७४ फागुन १४ । ताराखोला गाउँपालिकाको पशु शाखा को आयोजना मा संचालित ५ दिने निशुल्क पशु स्वास्थ शिबिर आईतवार सम्पन्न भएको छ ।

फागुन ९ देखि १३ सम्म ५ दिन संचालित पशु स्वास्थ शिबिर मा वडा न १ देखि ५ सम्म का ३सय ६३घर परिवारले सेवा लिएका छ्न भने साना र ठुला गरि ४ हजार ५ सय ६९ पशु तथा पंक्षी को स्वास्थ परिक्षण गरिएको शिबिरका संयोजक तथा ताराखोला गाउँपालिकाका पशु शाखा प्रमुख पुष्पराज अधिकारीले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्तीले पशु शाखा द्वारा संचालित शिबिरमा सेवाग्राहीहरुको उल्लेखनीय उपस्थितिले शिबिर उपलब्धिमुलक रहेको भन्दै यसले पशु पालन क्षेत्रमा देखिएका समस्या समाधान संगै पशुपालन पेशा प्रति सेवाग्राही लाई थप उत्साह पैदा गरेको बताए ।
समापन कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोका , प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाल, गल्कोट नगरपालिकाका पशु स्वास्थ प्राबिधिक चिन्तामणी शर्मा, सेवाग्राही कुल बहादुर रोका लगायतले मन्तव्य राखेका थिए।

प्रत्येक वडा मा १र१ दिन संचालन भएको शिबिरमा पशुको गर्भ परिक्षण,गोबर तथा पिसाब परिक्षण, बाँजोपन साथै सन्क्रामक रोगहरुको परिक्षण तथा उपचार , पशुपंक्षीहरुमा देखिने लेउ जुका लुतो जुम्रा उमिया किर्ना लगायत का औषधि निशुल्क बितरण संगै प्राविधिक सर सल्लाह दिइएको शिबिर संयोजक अधिकारीको भनाइ छ ।

शिबिर को ताराखोला गाउपालिकाका पशु शाखा प्रमुख अधिकारी, जिल्ला पशु कार्यालय बाग्लुङका पशु स्वास्थ प्राबिधिक केशवराज शर्मा पौडेल ,पशु बिकास अधिकृत निलकण्ठ शर्मा, गल्कोट नगरपालिका का पशु स्वास्थ प्राबिधिक चिन्तामणी शर्मा र पशु प्राबिधिक रमा अर्याल र दुर्गा बहादुर श्रीसले सहजीकरण तथा प्राबिधिक सेबा प्रदान गरेका थिए ।

शिबिरको अन्तिम दिन वडा न ५ तारा धस्मरमा संचालन भएको थियो । समापन कार्यक्रम वडा न ५ का वडा अध्यक्ष राम बहादुर रोका को अध्यक्षता र शिबिर संयोजक पुश्पराज अधिकारी को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply