पूर्णभद्र निउरे, ताराखोला, २०७४ फागुन १५ । नेपाल मा बि तारा को ४९ औ बार्षिकोत्सबको आज सम्पन्न भएको छ् ।
बार्षिकोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सांसद दिलमाया रोका गौतमले देशलाई आमूल परिबर्तन र समृद्ध समाज निर्माणको आधार भनेकै शिक्षा क्षेत्र भएकोले शिक्षा क्षेत्रको बिकासले नै समस्त देश र समाजको बिकास हुने भन्दै अहिलेको समयानुकूलको शिक्षा नीति बनाउनु पर्ने बताइन ।
कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाल, शिक्षा शाखा प्रमुख दिपक सुवेदी, ताराखोला स्रोत केन्द्रका स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्मा , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिवस खत्री , निबर्तमान प्रधानाध्यापक भिमनाथ सुवेदी लगायत ले मन्तव्य राखेका थिए । बिद्यालयका प्र अ थम प्रसाद रोकाले आ ब २०७३र७४ को प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
फागुन १२ देखि संचालित बार्षिकोत्सवको अबसरमा बिद्यालयले बिद्यालय आन्तरिक कार्यक्रम अन्तरगत चक्लेट टिपाइ ,बेलुन फाइट, पिठोमा पैसा टिप्ने, टिकी टास्ने तथा सदनात्मक छात्रा तथा छात्र भलिबल संगै स्व पदम चन्द्र स्मृति प्रा बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भैसकेको बिद्यालयले जनाएको छ ।
यसै बिच आज सम्पन्न आधारभुत तहको छात्र भलिबल प्रतियोगितामा नेपाल मा बि तारा प्रथम र दुर्गा भवानीमा बि तारा व्दितीय भएका छन । बार्षिकोत्सब को अबसर मा ल्च्ल् जापान का भु पु उपाध्यक्ष नर बहादुर थापा द्वारा स्थापित अक्षयकोषबाट ७ जना, यूकेमा कार्यरत भोजन शेरचन र कुमार घर्तीको सक्रियतामा स्थापित अक्षयकोष बाट १४ जना , टिकाराम कडेल द्वारा स्थापित बिकास कडेल स्मृति अक्षय कोष बाट ८ जना ,जित बहादुर खत्री द्वारा स्थापित पदम चन्द्र स्मृति अक्षयकोष बाट ५ जना र याम बहादुर खत्री द्वारा स्थापित मीन कुमारी स्मृति अक्षय कोष बाट ५ जना गरि कुल ३९ जना बिद्यार्थीलाई जनहि १५ सय का दरले गरिब तथा जेहेन्दार छात्रवृत्ति बितरण गरिएको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षता , शिक्षक रामलाल सुवेदीको संचालन र शिक्षक हुमा कुमारी कडेलको संचालनमा सम्पन्न भएको थियो ।