Sorry, that menu does not exist.
 

कति जनालाई खुवाईयो हात्तीपाईले रोग बिरुद्धको औषधी ? तथ्याङ्क आउन केही दिन लाग्ने !

डम्मर बुढा मगर, बागलुङ २०७४ फागुन १६ । हात्तीपाईले रोग लाग्नबाट बच्नको लागि हात्तीपाईले रोग बिरुद्धको औषधी बागलुङ जिल्ला भर खुवाईएको छ । जिल्लाको १० ओटै स्थानीय तहका विभिन्न स्वास्थ्य केन्द्रहरु र घरघरमा पुगेर औषधी खुवाएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक तिवारीले ईबागलुङलाई बताए ।

फागुन १२ गते विभिन्न केन्द्रहरुमा, १३ र १४ गते घर–घरमा पुगेर औषधी खुवाईएको जिल्ला जनस्वास्थ्यका चुडामणि कँडेलले जानकारी दिए । औषधी खुवाउन जिल्ला भरबाट स्वास्थ्यकर्मी र स्वयंसेवक सेविकाहरु गरि २ हजार १ सय १३ जनाको टोलीले बुथ तथा घर–घरमा पुगेर औषधी खुवाएका थिए ।

बागलुङ जिल्लामा यस वर्ष २ लाख ५७ हजार जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने भनिएकोमा कति जनालाई औषधी खुवाईएको भन्ने प्रश्नमा तथ्यांक आउन अझै केही दिन लाग्ने कँडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply