Sorry, that menu does not exist.
 

सिरियामा भएको मानव अधिकार हननको विरोधमा कुस्मामा सडक रचना वाचन !

दिपेश विश्वकर्मा, पर्वत, २०७४ फागुन १६ । सिरियामा भएको मानव अधिकारको हनन र वालवालिका प्रति निरन्तर आक्रमणको विरुद्धमा कुस्माको लोकतान्त्रिक चोकमा सडक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पर्वत साहित्य संगम र प्रगतिशील लेखक संघ पर्वतको संयुक्त आयोजनामा बुधवार साँझ ५ वजे कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा वसेर साहित्यमा कलम चलाउनेहरुले आफ्ना रचना वाचन गरेका थिए ।

रचना वाचन कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी प्रलेसका अध्यक्ष अर्जुन पौडेल, निर्जन धौलागिरी कला तथा साहित्य मञ्चका सँस्थापक सल्लाहकार नमुना साहित्तिक मञ्च पर्वतका सल्लाहकार निर्मल पौडेल एन पि घायल ,कविहरु याम प्रसाद शर्मा ,डि आर शर्मा, लेखनाथ उपाध्याय लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रममा राजनीतिज्ञ मेघनाथ सुवेदी, गैर सरकारी महासंघ पर्वतका अध्यक्ष शिव शर्मा, प्याव्सन पर्वतका अध्यक्ष वसन्त कुमार कर्माचार्य ,¥याण्डम रिडर्स पर्वतका अध्यक्ष लेखनाथ उपाध्याय लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सिरियामा भएको क्रुर हमलामा परि ज्यान गुमाएका कलिला वालवालिका र सर्वसाधरणको मृत आत्माको चिर शान्तिको कामना गर्दै समवेदना अर्पण गरेका थिए ।

त्यस्तै स्रष्टाहरुले हिंसात्मक कार्यको विरोध गर्दै छिट्टै हिंसात्मक गतिविधि रोक्न आफ्ना सिर्जना मार्फत आग्रह गरेका थिए । स्रष्टाहरुले कविता, हायकु ,मुक्तक, गीत, केश्रा, ताङ्का लगायतका रचना वाचन गरेका थिए । कार्यक्रममा वालवालिकाहरुले पनि दुख व्यक्त गरेका थिए ।

पर्वत साहित्य संगमका अध्यक्ष पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ पर्वतका सचिव किशोर मनस्वीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply