Sorry, that menu does not exist.
 

खर्वाङमा पहिलो पटक सक्न्यार र जिमी मोटर बाटोले जोडियो !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ फागुन १६ । बडीगाड गाउँपालिका वडा नं. २ को रिङरोड अर्थात सक्न्यार देखि जिमी दमार हुँदै दनियाँ सिमलचौर जोड्ने मोटरवाटोको पहिलो खण्डको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल तथा बडीगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

मोटरवाटोको उद्घाटन गर्दै भुसालले सडक पहुँच संगै स्थानियको कृषि उपजको वजारीकरण गर्न र अत्यावश्यक सेवा प्रवाहको लागि सहयोग पुग्ने वताए ।
सडकको दिगोपनामा ध्यान दिन स्थानियलाई आग्रह गर्दै भुसालले आगामी वर्ष भित्र वडा नं. २ को सवै वस्ीतमा मोटरवाटो पुर्याइने विश्वास व्यक्त गरे ।

त्यस्तै गाउँपालिका अध्यक्ष पाइजाले बडीगाड गाउँपालिकामा विकास निर्माणमा दिगो पना ल्याउन “एक महिनामा एक दिन अनिवार्य जनश्रमदान, बडीगाड गाउँपालिकाको जीवन्त अभियान” सुरु गरिएको जानकारी गराएका थिए ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन, वडा नं. ६ का अध्यक्ष मौसम खत्री, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगाएतले बोलेका थिए ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता, सदस्य लुस्मा नेपालीको स्वागत मन्तव्य तथा सचिव अर्जुन अर्यालको संचालनमा सम्पन्न भएको थियो।

मोटरवाटो गाउँपालिकाको २९ लाख २५ हजार अनुदान र करिव ४ लाख जनश्रमदानमा निर्माण गरिएको हो । सडकको निर्माण संगै साविक दगातुन्डाडा गाविसको वडा नं. ९ सक्न्यार र वडा नं. ८ जिमी जोडिएको छ । करिव ३ हजार उपभोक्ता रहेको सो मोटरवाटो निर्माणले स्थानिय उत्पादनलाई वजारिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply