Sorry, that menu does not exist.
 

बागलुङमा रंगहरुको पर्व फागु (होली) एकापसमा रंग दलेर सद्भाव एवं उल्लासपूर्वक मनाउन सुरु !

डम्मर बुढा मगर, बागलुङ २०७४ फागुन १७ । फागुन शुक्ल पूर्णिमाको दिन आज एक आपसमा विभिन्न प्रकारका रंगहरु (अबिर) दलेर रंगहरुको पर्व फागु, फागु पूर्णिमा, होली सद्भाव एवं खुशियालीपूर्वक मनाउन सुरु भएको छ । विहानै देखी युवायुवती किशोर किशोरीहरु सडकमा निस्केर एकापसमा रंग दलेर सद्भाव प्रदर्शन गरिरहेका छन् । खुशियाली बाँडी रहेका छन् ।

बजारमा बिक्रीमा राखिने विभिन्न रसायन युक्त अबिर रंगहरुको प्रयोगले छालामा पर्न सक्ने असरलाई ख्याल राख्नुपर्ने विज्ञहरुले सुझाएका छन् । सस्तो र रसयान युक्त अबिरको प्रयोगबाट छालामा क्यान्सर, आँखामा पर्न सक्ने दुष्प्रभावबाट बच्न समेत विज्ञ तथा अभिभावकहरुको सुझाव रहेको छ ।

विगत केहि वर्ष यता रंगहरुको यस महान पर्वलाई फागु कम होली बढी भनेर सम्वोधन गर्न थालिएको छ र व्यापकरुपमा युवा युवती किशोर किशोरीहरुको सहभागिता रहन थाले पछी फागु वा होलीको रौनक निकै बढेको छ । होलीका अवसरमा बागलुङ सदरमुकामा, जिल्लाका व्यापारिक केन्द्रहरु गल्कोट, बर्तिवाङ, कुस्मीसेरा, बरेङ आदि बजार क्षेत्रहरुमा फागु होली खेल्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

आज बागलुङ बजारमा फागु अर्थात होली पर्व भव्य र सभ्यरुपमा मनाउन एक कन्सर्टको आयोजना गरिने जनकारी प्राप्त भएको छ । गतवर्ष बागलुङ बजारको हल्लन चोकमा होली कन्सर्टको आयोजना गरी युवा युवती, किशोर किशोरीहरुको व्यापक सहभागितामा उल्लासपूर्ण तवरले मनाईएको थियो ।

फागु पूर्णिमा(होली) पर्वमा कुनै अवाञ्छित एवं अमर्यादित गतिविधी हुन नदिन प्रहरी सजग : प्रउ रेग्मी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply