Sorry, that menu does not exist.
 

गुल्मीमा भारत–नेपालका बौद्धिक र अध्यात्मिक व्यक्तिहहरुको प्रशिक्षण सिविर

प्रेम सुनार, गुल्मी २०७४ फागुन १८ । हिजो देखि गुल्मीको एक ग्रामिण भेगमा यस जिल्ला र छिमेकी जिल्ला सहित भारतका बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको जमघट भई रहेको छ । अखिल विश्व गायत्री परिवार हरिद्धारको तत्वावधानमा नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाको अयोजना र भारत र गायत्री विद्यापीठ ईस्मा १ , हस्तीचौर गुल्मीको सहकार्यमा उक्त गायत्री विद्यापीठ हस्तीचौरमा भविष्य निर्माता प्रशिक्षण सिविरमा यस्तो जमघट भएको हो ।
जहाँ भारतका प्रशिद्ध धर्मगुरुहरु , गुल्मी पाल्पा लगायतका क्याम्पस प्रमुख र प्राध्यापकहरु , विभिन्न विद्यालयका प्रधानध्यापक , शिक्षक वुद्धिजिवीहरु र रेडक्रश जुनियर सर्कलहरु सहभागि रहेका छन् । हिजो देखि भोली सम्म चल्ने जमघटले समाज सुधारका विषयमा गहन छलफल गरेर अभियान छेड्ने मुल उद्देश्य रहेको बताईन्छ ।

पहिला समाजका गुरुवर्गहरु नै असल संस्कार र व्यवहार प्रदर्शन गरेर नमुना हुने र आफुहरुको देखा सिखीबाट नै विद्यार्थीहरु नमुना हुँदै जाने , अनि विशेष गरी समाजको कुरुती, अन्धाविश्वास हटाएर जातिय विभेद रहित समाजको स्थापना गर्नु मुल उद्देश्य रहेको आयोजकले बताएका छन् ।
‘ राष्ट्र निर्माणमा शिक्षकको भुमिका तथा वाल संस्ककार कार्यशाला प्रशिक्षण विषायक उक्त जमघटको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले गरेका थिए । समाजको सचेत वर्ग नै यसरी समाज सुधारको पक्षमा अभियान्त बन्नु सह्रायिन कार्य भएको गाउँपालिका प्रमुख विष्टले बताएका थिए ।

कार्यक्रममा विशेष अतिथीका रुपममा नेपाल रेडक्रश सोसाईटीका केन्द्रिय सदस्य शशी पन्थी, संस्कृत विश्व विद्यालय हरिद्धारका प्राध्यापक डाक्टर भगवानसिंह देव , शान्तिकुञ्ज हरिद्धारका नेपाल प्रतिनिधी डाक्टर विष्णु अर्यालय , देव संस्कृत विद्याविठ हरिद्धारका प्राध्यापक देविलाल सुवेदी लगायतका धर्म गुरुहरु र वौद्धिक व्यक्तिहरुको गहन छलफललेले उद्देश्य अनुरुपको प्रतिबद्धता पत्र भोली जारी गर्ने हिमालय उच्च मावि वस्तुका शिक्षक तथा त्यस कार्यक्रमका समन्व्यकर्ता कृष्णप्रसाद भण्डारीले बताए ।

नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार हस्तीचौरमा हुन लागेको यो बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको एकैथालेमा यो जमघट गुल्मीका लागि पहिलो र समाज सुधारका लागि महत्वपुर्ण हो । ढेढ सय जना भन्दा बढि बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको यो जमघट उच्च महत्वका साथ यहाँको बौद्धिक वर्गले लिएको रेडक्रश गुल्मी शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद खनालले बताए ।

रेडक्रश परिवार र धार्मिक व्यक्तित्वहरु मनविय सेवा संग जोडिन्छन , यि दुईको समन्व्यले मानविय सेवामा थप टेवा पुग्ने र समाज सुधार, शैक्षिक क्षेत्रमा सुधार हुने भएकोले यो जमघटको आयोजना रेडक्रशले गरेको कार्यालय प्रमुख खनालले बताउँ छन् ।

समन्व्यकर्ता भण्डार िथप्छन्–‘ हिन्दु धर्म एउटा असल संस्कार र ज्ञानकुञ्ज हो । यस धर्म भित्र विगतमा कतिपयले जात पात , उच निच जस्ता अन्धा विश्वास लादे । त्यसको अन्त्य गर्दै समतामुलक समाजको निमाृण गर्नु शिविरको लक्ष्य हो ।

त्यस्तै हिन्दुधर्मको महिमा, गरिवामालाई थप उच्च र सवैको आश्थाको धरोहर बनाउँदै लैजानु, स्वयम शिक्षकहरुबाटै व्यक्तित्वको विकास गर्नु, आफु उदाहरणिय बने पछि विद्यार्थीहरुलाई पनि असल संस्कारको विकास गराउनु रहेको छ ।

त्यसै गरी राष्ट्र निर्माणमा शिक्षकहरुको भुमिकालाई प्रवद्र्धन गर्नु वैज्ञानिक शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाईमा सुधार ल्याउनु , व्यवहारिक एवं गुणस्तरिय शिक्षा प्रदानमा उत्तरददायि हुनु , शान्ति कायम गर्दै समृद्धि मुलुक तर्फ देशलाई डोराउने कार्यमा हेस्टेमा हैसे हुनु र्नै आफुहरुको लक्ष्य रहेको छ । ’

तिन दिने कार्यक्रमको भोली समापन गरिदै छ । उद्घाटन सत्रमा रेडक्रश जुनियर सर्कलका संयोजक हसराका शिक्षक विष्णु भण्डारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन समन्व्यकर्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply