झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन १९ । ढोरपाटन नगरपालका वडा नं ७ बोबाङमा ब्याबसायीक पशुपालन सम्बन्धी समस्यामा आधारीत कृषकस्तरीय तालीम सुरु गरीएको छ । ढोरपाटन नगरपालिका पशु सेवा शाखाको आयोजनामा सञ्चालित सो तालीममा वडा नं ७ का ५१ जना कृषकहरुको सहभागीता रहेको छ ।
तालीममा पशुपालन तथा ब्यबस्थापन र पशुमा लाग्ने रोग र तिनका रोकथामका उपायहरुको बिषयमा बिशेष परामर्श दिईने बताईएको छ ।
शुक्रवार भएको कार्यक्रममा ७ का वडाध्यक्ष दीपक थापाको अध्यक्षता तथा पशु सेवा शाखा प्रमुख खुमानन्द पोख्रेलको सञ्चालन रहेको थियो । आज तालीम संगसंगै वडा नं ७ का कृषकले पालेका सम्पुर्ण भेडा बाख्राहरुलाई रोग लाग्न नदिनका लागी पीपीआर बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने शाखा प्रमुख पोख्रेलले जानाकारी दिए । तालीमको सहजीकरण शाखा प्रमुख पोख्रेल र नायब पशु सेवा प्राबीधीक दलसिंह श्रीसले गरिरहेका छन् ।