Sorry, that menu does not exist.
 

सामुहिक र समाजिक भाव भयो भने जस्तो सुकै काम गर्न पनि सहज हुन्छ : स्वामी कमलनयनाचार्य

बागलुङ २०७४ फागुन २० । स्वामी कमलनयनाचार्यले आम जनतामा सामुहिक र समाजिक भाव भयो भने जस्तो सुकै काम गर्न पनि सहज हुने बताएका छन् । उनले शनिवार मुक्तिनाथ बेद बिद्याश्रम संस्कृत पाठशाला कुडुलेका अध्यक्ष सहदेव राजभण्डारीको परिवारको सहयोगमा कुडुले फेँदीमा निर्माण हुन लागेको आराधना मण्डपको शिलान्याश गर्दै यस्तो बताएका हुन् । सो आराधना मण्डप हाल निर्माणाधीन रंगबेँकटेश मन्दिरको नजिकै शिलान्यास गरिएको हो ।

सो अवसरमा अध्यक्ष सहदेव राजभण्डारीले आफ्ना बावा आमाको स्मृतिमा मण्डप निर्माणका लागि लाग्ने खर्च आफ्ना दाजुभाई र दिदीबहिनीहरुले सहयोग गरेको जानकारी दिएका थिए । सो आराधना मण्डप निर्माण गर्न अधिकतम ३० लाख रुपयाँ लाग्ने दाताहरुले बताएका छन् ।

मण्डपमा तामाको छानो सहित तीन ओटा गजुर समेत निर्माण गरिने कोषाध्यक्ष हरिप्रसाद उपाध्यायले बताएका थिए ।

कार्यक्रममा सहयोगदाता आनन्दप्रकास राजभण्डारी, लक्ष्मी राजभण्डारी, मण्डप निर्माण समितिका अध्यक्ष ऋषी प्रपन्नचार्य र मुक्तिनाथ बेद बिद्याश्रम संस्कृत पाठशालामा अध्यनरत सुशिल गौतमले मंतव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply