Sorry, that menu does not exist.
 

मुख्यमन्त्री गुरुङ रिघा नआउने खबरले खेलप्रेमी निराश, प्रमुख अतिथीमा आयोजकले अर्कै व्यक्ति खोजे !

कमल पौडेल, गल्कोट २०७४ फागुन २२ । फागुन १९ गते देखी रिघामा शुभारम्भ भएको यसक्षत्रकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता जारी रहेकै अवस्थामा प्रतियोगिता समापन हुने फागुन २५ गते प्रमुख अतिथीको रुपमा प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुुब्बा गुरुङ नआउने भएपछी खेल आयोजक एवं फुटबल प्रेमीहरु निराश भएका छन् ।

गल्कोट नगरपालिका वडा नं. ११ रिघामा नवनिर्मित रिघा स्वास्थ्य चौकी भवनको प्रदेश ४ का मुख्यमन्त्री गुरुङले फागुन २५ गते उद्भाटन गर्ने कार्यक्रम रहेको र सोहि अवसरमा मुख्यमन्त्री गुरुङले फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष डम्वर श्रीसले बताएका थिए ।

फुटबल प्रतियोगिताको फागुन १९ गते नगरप्रमुख भरत शर्माले उद्घाटन गरेका थिए ।

फुटबल प्रतियोगिता समापनका दिन फागुन २५ गते मुख्यमन्त्री गुरुङ आउने निश्चित भएको समाचार प्रकाशमा आएपछी उत्साहित बनेका सरोकारवालाहरुमा मुख्यमन्त्री गुरुङ नआउने जानकारी प्राप्त गरेपछी अर्को प्रमुख अतिथीको खोजीमा आयोजक लागेको श्रोतले बतायो ।

मंगलवार दिउँसो फुटबल प्रतियोगिताको समापन कार्यक्रममा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथीको रुपमा आउने नआउने सम्वन्धमा जानकारी लिन खोज्दा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले मुख्यमन्त्री आउने भन्ने नगरपालिकालाई कुनै आधिकारिक सूचना नभएको र नआउने भन्ने पनि कुनै खबर नआएको ईबागलुङलाई बताए ।

यसैवीच रिघा खेलकुद विकास समितिका अध्यक्ष दानबहादुर श्रीसले मुख्यमन्त्री गुरुङ कार्यव्यस्तताले आउन नपाउने जानकारी प्राप्त भएपछी अर्कै प्रमुख अतिथी तयारी गरिएको बताएका छन् ।

फुटबल प्रतियोगिताको फागुन १९ गते प्रमुख अतिथीको रुपमा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्माले उद्घाटन गरेका थिए भने जारी खेलप्रतियोगितमा प्रत्यक दिन नयाँ प्रमुख अतिथीव्दारा सम्वोधन गराउने आयोजकको परिपाटी अनुसार आज मंगलबारको खेलको शुभारम्भमा पूर्व सांंसख नरबहादुर पुन निरजले सम्वोधन गरेका थिए ।

आज सम्पन्न फुटबल प्रतियोगितामा रानीवगिया युवा क्लव वुटवल र बजार व्यवस्थापन समिति काँडेवास बागलुङ सेमी फाइनलमा प्रवेश गरेका छन । १५ समुहको सहभागिता रहेको खेलको आज भएको क्वाटर फाइनलमा वुटवलले वुर्तिवाङ राइजिङ युवा क्लवलाई प्यानल्टी सुटआउटवाट १ गोलले पछि पार्दै र काँडेवासले रिघा युवा समिति रिघालाई प्यानल्टी सुटआउटवाटै १ गोल अन्तरले पराजीत गर्दै सेमिफाइनलमा प्रवश गरेका छन् । भोलि बुधवारपनि क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा आज मंगलवार लोक तथा दोहोरी गायिका सपना गाहा लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रम युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष श्रीसको अध्यक्षता, सचिव इन्द्रा पुनको स्वागत मन्तव्य तथा सदस्य साजन वस्यालको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply