Sorry, that menu does not exist.
 

पत्रिकाको वार्षिकोत्सव गाउँमा : बहुमतको सरकार बनेकाले विकासले गतिलिने ढुंगानाको विश्वास !

सिर्जना पन्त, बागलुङ २०७४ फागुन २४ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले प्रकाशन गर्दै आइरहेको धौलागिरि जागरण दैनिकको एघारौं वार्षिकोत्सव बुधबार बरेङ गाउँपालिका–२ हुग्दिशीरमा सम्पन्न भएको छ ।

बागलुङ बजारबाट प्रकाशित पत्रिकाको वार्षिकोत्सव हरेक वर्ष ग्रामिण क्षेत्रमा गरिदै आएको छ । ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यका साथ गाउगाउमा पुगेर वार्षिकोत्सव मनाउने गरेको पत्रिकाका सम्पादक रामबहादुर जिसीले बताए । सदरमुकाममा होटल तथा सभाहलहरुमा मनाइने दिवस तथा वार्षिकोत्सव भन्दा ग्रामिण क्षेत्रमा पुगेर कार्यक्रम गर्दा गाउँमा रहेका स्रोत साधनका बारेमा जानकारी लिनुका साथै पत्रकार र स्थानीयवासी बीचको सम्बन्ध विस्तार हुने भएकाले यो अभियान फलदायी बन्दै गएको उनको भनाइ थियो ।

वार्षिकोत्सव समारोह कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले स्थानिय स्तरमा कर्मचारीको अभाव भएपनि जनतालाई लोकतन्त्रको प्रत्याभुति दिलाउनेगरी काम गर्ने बताए । उनले स्थानिय स्तरमा भएका स्रोत र सधानको प्रयोग गरेर विकास सम्वृद्धी र समतामुलक समाज निर्माणमा आफुहरु अहोरात्र खटेर लाग्ने बताए । ढुङगानाले देशमा बहुमतको सरकार बनेको भन्दैं स्थानिय स्तरमा हुने विकासका कामहरुले अबका दिनमा गति लिने पनि बताए । उनले संचारमाध्यमले स्थानिय स्तरका विषयवस्तुलाई महत्वका साथ प्रकाशन प्रशारण गर्नुपर्ने बताए ।

कार्यक्रममा बरेङ गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन गर्दै आदर्श सञ्चार सहकारी संस्था तथा धौलागिरि जागरण पत्रिकाको बारेमा सम्पादक राम बहादुर जि.सीले जानकरी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष अञ्जु जि.सी र स्वागत कोषाध्क्षय अनन्तबहादुर खड्काले गरेका थिए । २०६३ मंसिर २७ गते धौलागिरिको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले २०६३ फागुन २३ गतेदेखि धौलागिरि जागरण र २०६८ कात्तिक १० गतेदेखि अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply