पेखरा, २०७४ फागुन २५ । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला दिदीहरुमा नेतृत्व कलाको विकास गराउने उद्देश्यले दिदी बहिनी स्वागत समाज पोखराको आयोजनमा एक दिने सफल नेतृत्वको कला विषयक प्रशिक्षण कार्यक्रम पोखरा १३ को दिदी बहिनी स्वागत समाजको सभा हलमा हिँजो सम्पन्न भयो ।
महिला दिदी बहिनी समाजकी अध्यक्षा विमला वस्यालको सभापतित्वमा भएको सो प्रशिक्षणमा मुस्कानको कला, सत्कर्म, मानविक मुल्य, समयको व्यवस्थापन, आध्यात्मिक चिन्तन, योग ध्यान, सात्विक जीवनशैली आदि विषयहरुमा प्रशिक्षण दिँदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई सार्थक,सफल बनाउनको लागि सदैव असल चिन्तन र असल कर्ममा व्यस्त रहनु पर्ने, केही न केही रचनात्मक कर्म गरिरहनु पर्ने बताए ।
प्रशिक्षक खडकाले हरेक असल कर्महरुलाई बहुमुल्य खजानहरुमा रुपान्तरण गर्न सक्ने र असल कर्महरुबाट नै मानवले खुशी, स्वास्थ्य आदिलाई प्राप्त गर्ने बताए ।
प्रशिक्षणमा महिला दिदी बहिनी समाजका ४८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।