कमल पौडेल, खर्बाङ २०७४ फागुन २५ । जिल्लाका अन्य विद्यालयहरुमा पनि कक्षा दशका बिद्यार्थीहरुलाई बिदाई गरिएका समाचारहरु प्राप्त भएका छन् ।
बडीगाड गाउँपालिका वडा नं। १, तुन्डाडामा रहेको खड्क देवी माध्यमिक विद्यालय आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन्।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक वेद प्रसाद पोखरेल, सहायक प्रधानाध्यापक ऋषिराम भण्डारी, कमल खरेल, कक्षा १० वाट किरण वन, कोपिल बन, यसोधा थापा, र कक्षा ९ बाट कर्ण वहादुर नेपाली, जुना घर्ति लगाएतले शुभकामना तथा विदाई मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयको लागी मायाको चिनो तथा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रम कक्षा ९ का पुजा वलामीको अध्यक्षता तथा कक्षा ९ कै हिरा वहादुर दर्लामीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक ध्रुव शर्माले विदाई गीत प्रस्तुत गरेका थिए ।
यस्तै बडीगाड गाउँपालिका वडा नं ३ मा सिसाखानी माध्यमिक विद्यालय आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर परटेल, प्रधानाध्यापक होम वहादुर घर्ति, कक्षा १० का विजय श्रीस, हिमा घर्ति, कक्षा ९ का आशिका घर्ति लगाएतले शुभकामना तथा विदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयको लागी मायाको चिनो तथा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रम कक्षा ९ का ममता घर्तिको अध्यक्षता तथा कक्षा ९ कै प्रकाश घर्तिको संचालनमा सम्पन्न भएको थियो ।