कमल पौडेल गल्कोट २०७४ फागुन २६ । गल्कोट नगरपालिका ११ रिघाको खेल मैदानमा गत फागुन १९ गते सुरु भएको बागलुङ पश्चिमकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएकोे छ ।
प्रतियोगितामा रानीवगिया युवा क्लव वुटवलले रानिवगिया वुटवलले आयोजक रिघा खेलकुद विकास समिति ० का बिरुद्ध २ गोलले पराजीत गर्दै उपाधि हात पारेको छ । बिजयी टिमले रु १ लाख १ हजार १ सय ११ नगद सहित मेडल र ट्रफि हात पार्न सफल भएको छ । त्यस्तै रिघा खेलकुद विकास समिति, रिघा उपविजेता वन्दै रु ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै खुल्ला सामुहिक लोक नृत्य प्रतियोगीतामा ग्वालीचौर प्रथम, पाण्डवखानी द्धितिय र आयोजक तृतिय भएका छन्। प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमस २० हजार २ सय २२, १० हजार १ सय ११ र ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
त्यस्तै ऐतिहासिक धनुषवाण प्रतियोगितामा शिव मिलन युवा क्लव रिघा, लाम्चे प्रथम हुँदै १० हजार हात पारेको छ भने आयोजक व्दितिय भई ५ हजार प्राप्त गरेको छ ।
कार्यक्रममा स्थानिय सोरठी, घाटु लगाएतका साँस्कृतिक झलक र झाँकीहरुको प्रदर्शन गरिएको थियो भने कार्यक्रमको लागि सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको लागी झण्डै ११ लाख वढि खर्च भएको र २५ लाख भन्दा वढिको कारोवार भएको वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसले ईबागलुङलाई बताए ।
कार्यक्रमको अन्तिम दिन पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगितको समापन समारोहलाई सम्बोधन गर्दै खेलमा अनुशासन महत्वपूर्ण हुने हुनाले खेलाडीलाई सचेत हुन आग्रह गरे । उनले फुटबल खेलमा रिघा अघि बढिसकेको चर्चा गर्दै थप पूर्वाधार विकासका लागी राज्यले लगानी गर्नु पर्ने बताएका थिए ।
समापन समारोहमा पश्चिमाञ्चल सदस्य एवं धौलागिरि इन्चार्ज सम्पन्न श्रेष्ठ, खेलाडी थम प्रकाश पुन लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम खेलकुद विकास समिति रिघाका अध्यक्ष दान बहादुर श्रीसको अध्यक्षता, सचिव इन्द्रा काउचाको स्वागत तथा सल्लाहकार देव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
रिघा फुटबल प्रतियोगिताको उपाधि बुटवललाई : खेलाडीलाई अनुशासन प्रति सचेत हुन आग्रह !
२०७४ फाल्गुन २६, शनिबार १२:१९
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४