कोपिला कंडेल, बागलुङ २०७४ फागुन २७ । बिद्यामन्दिर पुस्तकालयको ७१ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य ईन्द्रलाल साप्कोटाले जिल्लालाई सम्मृद्ध बनाउनका लागि शैक्षिक लगायत सबै क्षेत्रको बिकास र बिस्तार गर्नुपर्नेमा जोड दिए ।
बलेवा बिमानस्थल संचालन, कालिगण्डकी करिडोर तथा सर्वशिद्धिधाम पंचकोट लगायतका धामिक तथा पर्यटकीय स्थलको व्यवस्थापनका लागि प्रदेश स्तरबाट सक्दो भुमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले बिकाश निर्माणका काममा सबै बिच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।
साप्कोटाले पुस्तकालयलाई प्रदेश नम्वर ४ को नमुना पुस्थकालय बनाउनका लागि प्रदेश स्तरबाट सक्दो भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा सर्वशिद्धीधाम पंचकोटका प्रतिनिधी अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य, समाजसेवी एबं पुस्तकालयका सल्लाहकार देब बहादुर श्रेष्ठ, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष एबं पुस्तकालयका सल्लाहकार काजिरोशन, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा, बिद्यामन्दिर उच्च माबि संयोजक डिल्लीराज गौतम, पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष, उपभोक्ता मंञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पुस्तकाध्यक्ष मञ्जु केसी, बालबिकास सहजकर्ता उमा सुबेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका सचिव रामथापा अबिरलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष रामचन्द्र शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा हामी सबैको रहर पत्रकार महासघंको साझा घर अभियानलाई बिद्यामन्दिर पुस्तकालय बागलुङ्गले ५ हजार रुपया सहयोग गरेको छ । रकम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले नेपाल पत्रकार महासघं शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्त्रण गरेका थिए । कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष ्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष राम प्रसाद शर्माको समापन मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।