तिलक मल्ल, बुर्तिवाङ २०७४ फागुन २८ । बागलुङ जिल्लाका केहि गाउ र नगरपालिकाहरुमा शैक्षिक सत्र २०७४ सालको पालिकास्तरीय बार्षिक परीक्ष सुरु भएको छ । यसैवीच जिल्लाका सुदर पश्चिममा रहेका निसीखोला र तमान गाउँपालिकाहरुका बिद्यालयहरुमा आर्इतबारबाट कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा सुरु भएको छ ।
निसी गाउँपालिकामा ४२ ओटा सामुदायिक र ३ ओटा आवसीय विद्यालय रहेका छन् । जहाँ आधारभूत तह सञ्चालन भएका विद्यालहरु १३ ओटा, मावि तह कक्षा ९ र १० सञ्चालन भएका ३ ओटा र कक्षा ११ र १२ सञ्चालन भएका २ ओटा विद्यालय रहेका छन् ।
त्यस्तै बिगतका बर्षहरुमा जिल्लाबाट सञ्चालन हुदै आएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भने अहिले गाउँपालिका आफैले सञ्चालन गरेको छ । निसीखोला गाउँपालिकामा जम्मा ५०९ जना विद्यार्थीहरु आधाभूत तह उत्तीर्ण परीक्षामा सामेल भएको स्रोत व्यक्ति टंकनाथ शर्माले ईबागलुङलाई जानकारी दिए।
परीक्षाको पहिलो दिन आइतबार निसीखोला गाउँपालिका वडा नं। १ मा अवस्थित देविस्थान माध्यमिक विद्यालयमा स्रोत व्यक्ति शर्माले अनुगमन गर्दै परीक्षालाई मर्यादित तरिकाले सुन्दर शान्त वातावरणमा सम्पन्न गर्नका लागि विद्यालय र विद्यार्थीलाई आग्रह गरेका थिए ।
त्यस्तै तमानखोला गाउँपालिका स्तरीय बार्षिक परीक्षा आइतबारबाट नै सुरु भएको छ । गाउँपालिकामा २१ ओटा सरकारी तथा २ ओटा आवाशीय गरि २३ ओटा विद्यालयहरु रहेका छन् । बिगतका बर्षमा कक्षा १ देखि ९ सम्मको परिक्षा एस।ई। ई। भन्दा पछाडी हुने गरेको भएपनि यसबर्ष भने गाउँपालिका तथा श्रोत व्यक्ति बेद बहादुर बुढा र सम्पुर्ण बिद्यालयका प्र।अ। लगाएतको बैठकको निर्णय अनुसार एस।ई।ई। परीक्षा भन्दा अगाडि नै हुन लागेको हो ।
स्रोत व्यक्ति बुढाले तमानखोला गाउँपालिका अन्तरगतका विद्यालहरुमा कक्षा १ देखि ९ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।
कक्षा १० को एसईई (SEE) परीक्षा आगामी चैत्र ८ गते देखि जनजागृति मा बि बोङगादोभान केन्द्रमा हुने जनाइएको छ । यस्तै ढोरपाटन नगरपालिकामा भने एसईई (SEE) परीक्षा पछि अर्थात् चैत्र १५ गतेबाट मात्रै परीक्षा सञ्चालन हुने बताइएको छ ।
खर्वाङबाट सहकर्मी कमल पौडेल अनुरागीले दिएको जानकारी अनुसार बडीगाड गाउपालिका भित्रका सबै बिद्यालयहरुमा आईतवार देखी नै कक्षा १ देखी ९ सम्मको परीक्षा सन्चालनमा आएको छ ।
बागलुङ सदरमुकाममा रहेका सामुदायिक विद्यालयहरुमा सोमवार देखी परीक्षा सन्चालन गरिने जानकारीमा आएको छ भने जैमिनी नगरपालिका भित्रका विद्यालयहरुमा भने चैत १ गतेबाट परीक्षा सन्चालन गरिने जैमिनी नगरपालिकाले जानकार दिएको छ ।
उता गल्कोट नगरपालिका भित्रका विद्यालयहरुमा चैत ८ गतेदेखी कक्षा १ देखी ९ सम्मको परीक्षा सन्चालन गरिने सहकर्मी घनश्याम गौतमले जानकारी दिएका छन भने ताराखोला गाउपालिकामा फागुन ३० गते देखी परीक्षा लिईने बताईएको छ ।