माधब पराजुली, पर्वत २०७३ माघ २९ । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पर्वत क्षेत्र नम्बर २ को छनोट खेल फलेवासमा सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद सबैका लागी खेलकुद भन्ने मुलनाराका साथ यहिँ माघ २७ बाट शुरु भएको रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रमअर्तगत संचालन हुने बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुलाई समाबेश गरिएको थियो ।
उक्त राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको समापन गर्दै जिल्ला खेलकुद विकास समिती पर्वतका अध्यक्ष प्रेम बहादुर गुरुङले राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा बिभिन्न तह र तप्काबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै छनौटमा पर्ने सम्पुर्ण बिधालयलाई बधाई ज्ञापन गरेका थिए । उनले खेल क्षेत्रको बिकास गर्नको लागी पर्वतमा समितीले पहल गरेको बताउदैँ खेल क्षेत्रको विकास सगैँ खेल मैदान निर्माण गर्न तथा खेलकुद सामाग्रीहरु बितरण गर्न जिल्ला बिकास समितिले गएको बर्षमा १ करोड रकम बाडेको र यस बर्ष पनि ७० लाख भन्दा बढी रकम बिनियोजन गरिएको बताए । उनले आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागी सहयोग गर्न सबै लाई आह्वान गरे ।
कुन कुन बिधालय परे छनौटमा ?
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल छात्र तर्फ लिमिठाना मा.बि.लिमिठाना जनज्योती मा,बि.खाल्टे,थापाठाना मा.बि र महेन्द्र द्धोय मा.बि. भोक्सिङ छनौट मा परेका छन भने छात्रा तर्फ धुव्र नमुना मा.बि. खानीगाउँ,जनज्योती मा.बि. खाल्टे देविस्थान मा.बि. छनौटमा परेका छन् । १५ सय मि.पुरुष दौड,८ सय मि.महिला दौड,१०० मि. पुरुष दौड,छेलो फाल्ने प्रतियोगिता,पुरुष तथा महिला हाईजम्प तथा लङजम्प,पुरुष तथा महिला भलिबल प्रतियोगिता,एथ्लेटिक्स लगाएतका खेल को आयोना गरिएको थीयो । छनौट खेल अन्तर्गत १५ सय मि. दौडमा लिमिठाना मा.बि.लिमिठाना, शालीग्राम मा.बि. सेतीबेनी र जनज्योती उ.मा.बि. खाल्टे छनौटमा परेका छन् । छात्रा तर्फ धुव्र नमुना मा.बि. खानीगाउँ,जनज्योती उ.मा.बि. खाल्टे,जनता मा.बि.देबिस्थान र भवानी बिधा पिठ मा.बि छनौटमा परेका छन् । ८ सय मिटर छात्र दौडमा भवानी बिधा पिठ मा.बि.,लिमिठाना मा.बि.जनज्योती उ.मा.बि.र धुव्र नमुना मा.बि छनौटमा परेका छन् । छात्रा तर्फ शालिग्राम मा.बि.सेतीबेनी,जन कल्याण मा.बि बाच्छा र जनज्योती मा.बि खाल्टे छनौटमा परेका छन् । त्रिपल जम्प छात्र तर्फ धुव्र नमुना मा.बि. खानीगाउँ,जनकल्याण मा.बि. बाच्छा,जनज्योती मा.बि खाल्टे छनौटमा परेका छन् । त्यस्तै छात्रा तर्फ धुव्र नमुना मा.बि. खानीगाउँ,भवानी बिधा पिठ मा.बि. खानीगाउँ,जनता मा.बि देविस्थान र जनज्योती मा.बि. परेका छन् । त्यस्तै ज्यामलिन थ्रो तर्फ शालिग्राम मा.बि.जनता मा.बि.जनज्योती मा.बि र भवानी बिधा पिठ परेका छन् ।
त्यस्तै लङजम्प तर्फ जनता मा.बि देविस्थान,जनकल्याण मा.बि.,जनज्योती मा.बि र भवानी बिधा पिठ परेका छन् । छात्रा लङजम्पमा धु्रव नमुना माबि.शादिग्राम मा.बि. जनज्योती मा.बि. जनता मा.बि. परेका छन् । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ ओटा बिधालयको सहभासगीता रहेको थियो ।