Sorry, that menu does not exist.
 

गुल्मीका स्थानिय तहले पत्रकार संग त कमिशन माग्छन् भने अरुलाई छाड्लान् ?

प्रेम सुनार, गुल्मी २०७४ फागुन २८ । पत्रपत्रिका र अन्य सञ्चार माध्यममा प्रकाशनका लागि वितरण गर्नु पर्ने सूचनामा समेत पत्रकारहरु संगै कमिशन मागिन्छ भने अरु विकास निर्माणको रकम भुक्तानीमा झन के हालत होला ? गुल्मी जिल्लाका पत्रकारहरु संग गरिएको एक छलफलमा गुल्मीका केहि स्थानिय तहका कर्मचारीहरुले पत्रकारहरु संगै कमिशन माग्ने गरेको पाईएको छ ।

जिल्लाका क्रियाशील पत्रकारहरुलाई बराबरी ढंगले वितरण गर्नु पर्ने सुचनाहरु कमिशन पाउने लालचमा सिधै पत्रिकाको कार्यालय वा एजेन्सीलाई दिने गरेको खुलेको छ । पत्रिकाको सम्पादक मण्डलले सिधै स्थानिय तहका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई फोन गरेर ५० प्रतिशत सम्म कमिशन दिने लालच देखाए पछि जिल्लाका क्रियाशील पत्रकारहरुलाई सूचना आउन छाडेको हो ।

तत्कालीन जिल्ला विकास समिति छउञ्जेल यस्तो कमै हुने गरेको थियो । एक दुई वटा सूचना सिधै दिने गरेको विरुद्ध सम्वन्धित कार्यालय प्रमुख संग यहाका पत्रकारहरुले सजग गराए पछि रोकिएको कमिशन तन्त्र अहिले स्थानिय तहले त्यस्ता सुचनामा कमिशनलाई बढवा दिएको पाईएको छ ।

एउटै गाउँपालिकाबाट गत चार महिनाको अन्तरालमा ३ वटा सुचना सिधै पत्रिकाको कार्यालय संग समन्वय गरी कमिशनमा पकाशित गरिएको जानकारी प्राप्त भएको छ । यस सम्वन्धमा गम्भीर ध्यानकृष्ट भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

उनले भने–‘लाज र डरै नमानी हामी पत्रकारहरु संग त स्थानिय तहका कर्मचारीहरुले कमिशन माग्छन भने विकास निर्माणका मानिसरुलाई झन कति सताए होलान ?’ उनले थपे–‘ म यो समाचारलाई कडा रुपमा उठान गर्न समेत तपाईलाई अनुरोध गर्दछु कमिशनको जालो क्रमशः खोज्दै निमिट्यान्न पार्नै पर्दछ । ’थुप्रै विकास निर्माण कर्ताहरुले पनि कमिशन वार्गेनिङ्गका लागि समयमा भुक्तानी दिन आनाकानी गर्ने गरेको गुनासो गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply