गल्कोट, २०७४ फागुन २८ । प्रगति आधारभुत विद्यालय गल्कोट नगरपालिका(७ मल्म बागलुङको आयोजनामा आज शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वि, विद्यालयलाई आगामी दिनमा कसरी अगाडी बढाउने, विद्यार्थीहरुको शैक्षिक अवस्था, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको भूमिका, विद्यालयमा आगामी शैक्षिक सत्र देखि कक्षा ८ सञ्चालन गर्ने लगायतको विषयमा अन्तरकृया गरिएको विद्यालयका प्रधानध्यापक नगेन्द्र मल्लले जानकारी दिए ।
कार्यक्रममा घुम्टे युवा परिवारका अध्यक्ष तथा पुर्व शिक्षक थम्मन थापा सन्देश, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा, सदस्य टिका बहादुर थापा र विद्यालयका संस्थापक सदस्य दल बहादुर थापाले मन्तव्य राखेकाथिए ।
२०४७ सालमा स्थापना भएको विद्यालयमा अङग्रेजी माध्ययमबाट पढाई हुन थालेपछि विगत ७ वर्ष देखि अभिभावकको आकर्षण समेत बढदै गएको छ । विद्यार्थी संख्या न्यून भएपछि विद्यालय वि।सं २०६८ मा मर्जको अवस्थामा पुगेको थियो । स्थानिय समाजसेवी, बुद्विजीवी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासनको पहलमा अहिले विद्यालय जिल्लामै नमुना विद्यालय बन्न सफल भएको छ ।
अन्तरक्रिया कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम प्रगति आधारभुत विद्यालय शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाको अध्यक्षता, शिक्षक कृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।