Sorry, that menu does not exist.
 

आजको तस्वीर : मन्त्री सरहको स्वागत !

बागलुङ २०७४ फागुन २९ । बडीगाड गाउँपालिका ७ भिङगिठेको डाँडागाउँमा सोमबार अघिअघि कार त्यसपछी बस र पुछारमा ट्रक लस्करै पुग्दा राजनैतिक दलका प्रतिनिधीहरु सहित स्थानीयवासीले पन्चेबाजा, ध्वजा पताका सहित भव्य स्वागत गरेका छन् । ठुला गाडी स्वागत कार्यक्रम अन्तरगत भएको यो समारोहम चालक एवं डोजर अपरेटरहरुलाई एकै साथ स्वागत सहित सम्मान गरिएका तस्वीरहरु सामाजिक सन्जालमा छ्याप्छ्याप्ती (भाईरल) भएका छन् ।

भिङगिठे रणसिँहकिटेनी मोटरबाटो मरम्मत समतिको आयोजनामा भएको यो स्वागत कार्यक्रम, कुनै मन्त्रीलाई गरिने भन्दा कम थिएन । स्वागत सम्मान कार्यक्रममा रिवन काटेर कार, बस र ट्रकलाई प्रवेश गराईएको थियो । स्वागत समारोहका प्रमुख अतिथी बडीगाड- ७ का वडाध्यक्ष कृष्ण गुरुङ थिए भने अतिथीहरुमा सवारी चालकहरु र डोजर अपरेटर थिए ।

सो मोटरबाटो मरम्मत समितिका अध्यक्ष दिपेन्द्र कुँवरको सभापतित्वमा स्वागत एवं सम्मान समारोह सम्पन्न भएको थियो ।

मोटरबाटो मरम्मत समितिका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गङ्गा गुरुङ, हेमराज चालिसे, पदम बिक, सुमित्रा खत्री, खगेन्द्र बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्वागत कार्यक्रमको सन्चालन मरम्मत समितिको सचिव दिपक रायमाझीले गरेका थिए ।

मध्यपहाडी लोकमार्ग देखी दुई किलोमिटर माथी रहेको डाँडागाउँमा मात्रै नभएर त्यसभन्दा माथी गाँव, माझखर्क, टुनिबोट सम्म २०६४ सालबाटै ट्याक्टर लगायतका साना सवारी साधनहरु चल्न थालेका हुन् । अहिले बडीगाड गाउपालिकाकाले छुट्टाएको रु ५ लाख रकमबाट यो मोटरबाटो मरम्मत गरिएपछी ठुला सवारी साधनहरु आएको खुशियालीमा यो स्वागत कार्यक्रम गरिएको हो । गाउपालिकाकाले रणसिँहकिटेनीका जनताको सुविधाका लागी समेत ध्यानमा राखी मोटर बाटो मरम्मत गर्नु पर्ने र सवारी भाडादर तत्काल समायोजन गरी सवारी चालकहरुले जथाभावी रकम लिएर यात्रुहरु ठगिन नदिने चाँजोपाँजो मिलाउन जरुरी भएको आवाज उठेको छ ।

तस्वीर- दिनेश शर्मा पौडेलको फेसबुकबाट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply