Sorry, that menu does not exist.
 

गाउँ जाऔं, गाउँमै रमाऔं : गुल्मी कांग्रेसका नेताहरु छुवाछुत अन्त्यको ५० दिने अभियानमा !

प्रेम सुनार, गुल्मी, २०७४ फागृन २९ । जातिय विभेद र छुवाछुत अन्त्यको नरा नारा वामपन्थीहरुले वर्षऔं अघि देखि लगाउँदै आएपनि व्यवहारतः अझै पनि समाजमा छुवाछुत, विभेद कायमै रहेको छ । यस्तो अवस्थामा वामपन्थीहरुलाई चुनौती दिने गरी नेपाली कांग्रेस गुल्मीले व्यवहारतः छुवाछुत अन्त्य गर्ने अभियान नेताहरुबाटै शुरुगर्ने निर्णय गरको छ ।

सोमबार सो पार्टीले पत्रकार सम्मेलन गरी हिजो सम्पन्न जिल्ला पार्टीको २० औं बैठकले यस्तो निर्णय गरेको जानकारी दिएको हो । अहिले सम्म कै लामो ५० दिने अभियान जिल्लाका ९३ वटै वडाहरुमा ‘गाउँ जाऔं गाउँमै रमाऔं , गुल्मी कांग्रेसको ५० दिने अभियान’ भन्ने मुल नाराका साथ यस्तो अभियान छेडिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘यस अभियानका क्रममा हामी पार्टीको नेता बनेर होईन, सर्वसाधरण गरिव जनता बनेर ति गरिव र दलितको घरमा एक हप्ता सम्म बसेर उनिहरुको गरिवी, अभाव , विभेद र अन्यायको पिडा कस्तो हुँदो रहेछ ? प्रत्यक्ष अनुभुत गर्ने छौं, त्यो दलित र गरिव परिवार पछाडी पर्नुको कारण खोज्ने छौं , –सभापति श्रेष्ठले भने –‘त्यस दलित परिवारले जे खान्छन हामी पनि त्यही खाने छौं , उनिहरुले जे काम गर्छन हामी पनि उनिहरु संगै त्यही काम गर्ने छौं ।’

नेपाली कांग्रेसको संगठन कमजोर हुँदै गएको महशुस गरी नयाँ ढंगबाट पार्टीलाई रक्त सञ्चार दिने गरी यस्तो अभियान छेड्न लागिएको उनको भनाई छ । एक वडा एक जिल्ला नेता तोकिने , एक टोल एक हप्ता एक गरिव , दलितको घरमा विताएर त्यस गाउँ र जनजिवका, उनिहरुको भावना बुझ्ने , केन्द्रिय प्रतिनिधी समेत वोलाईने गरी अभियानको कार्यविधी बनाउन लागिएको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । नेपाली कांग्रेस गुल्मीको ईतिहाँसमा यो अभियान महाअभियान र ऐतिहाँसिक रहेको उनको भनाई छ ।

यस अभियानको पुर्व सन्ध्यामा वडा स्तर सम्म पुगेर कार्यकर्तालाई प्रतिपक्षको रचनात्मक भुमिकाबारे प्रशिक्षण दिने, क्रियाशिल सदस्यताले पालना गर्ने कुराबारे कार्यविधी बनाईने छ । छायाँ सरकारका रुपमा विकास निर्माणमा हुने गरेको अनियमित्ता , भ्रष्टचार , ढिला सुस्ती , साधान श्रोतको दुरुपयोग भएको प्रति निगरानी र खवरदारी गर्ने , जनताको जनजिविकाको सवाल उठाईने छ । यस्ता विषयहरुमा पार्टी एक भएर लाग्ने पार्टी उपसभापति तथा सुचना तथा सञ्चार विभाग प्रमुख विष्णुकुमारी सापकोटाले बताईन । विकास योजना बनाउँदा सिंहदरवारबाट होईन, गाउँका गरिवको झुपडीमा बसेर बनाउनु पर्छ भन्ने नेता विपी कोईरालाको विचारलाई मुर्तरुप दिने सभापति श्रेष्ठले बताए ।

यसै विच सो पार्टीले जिल्लाभर अनियमित्ता र भ्रष्टचार बढेको निष्कर्श निकालेको बताएको छ । त्यस्तै व्याप्त रुपमा साधन श्रोतको दुरुपयोग भएको समेतथ बताएको छ ।

विकास निर्माणमा ढिला सुस्ती, कमिशनको चलखेल बढेको सचिव पन्थीको भनाई छ । चार वर्षमा दुई किलो मिटर बाटो नखर्नेको उदाहरण समेत हामी संग छ त्यसको विरुद्धमा हामी उत्रिदै छौं पन्थीले भने यसमा सञ्चारर्कीको समेत हामीलाई सहयोगको खाँचो छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply