Sorry, that menu does not exist.
 

रेसुङ्गा वनमा भीषण आगलागि, आगो नियन्त्रण बाहिर, प्रजिअ, सेना, प्रहरी र तम्घासवासी वन तिर…!

प्रेम सुनार, गुल्मी, २०७४ फागुन २९ । आज साँझपख गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वन क्षेत्रको गौशलाबाट सल्किएको आगो यति वेला जताततै फैलिएर भीषण बनेको छ । आगो स्थानियका नियन्त्रण भन्दा बाहिर गए पछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तम्घास वजारवासी नियन्त्रणका लागि आफुहरु त्यस तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

गुल्मीको धागीधुम ब्यारेकमा रहेको नेपाली सेना वीरभद्रजंग गुल्मबाट सुरु मै एक सेक्सन टोली उपसेनानी सुरेन्द्र थापा क्षेत्रीको कमाण्डमा त्यस तर्फ पठाईएको गुल्मीपति सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरी वल गुल्म उर्लेनी व्यारेक र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली जाँदै गरेको प्र.जि.अ. अर्यालले बताए ।

समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका साबिक एघार गाविसमा पर्छ। प्राचीन युगमा ऋष्यशृंग ऋषिले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए । ऋष्यशृंग ऋषिले तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गयको विश्वास गरिन्छ । सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्वलाई बढाएका छन्।

रेसुङ्गा वन यहाँको प्रशिद्ध धार्मिक क्षेत्र , ऐतिहासिक तपोभुमि रहेकोले त्यहाँ अरवौं मुल्य वरावरका भौतिक संरचनाहरु छन् । प्रशस्त जंगली जनावर र चराचुरुङ्गी र वहुमुल्य जडीबुटी र महत्वपुर्ण वनस्पती रहेकोले पनि त्यसलाई बचाउने प्रयासमा यहाँको सवै पक्ष वर्षेनी आगलागि नियन्त्रणमा जुट्ने गर्छन् । आगो फैलिँदै गए साविकको पराल्मी गाविस, अर्खले , वलिथुम, गौडाकोट यता दुविचौर र तम्घास सम्मका हजारौ जनता खतरामा पर्न सक्छन । माथी वन क्षेत्रमा पानी नभएकोले तल वजारबाट स्थानियले पानी वाल्टीमा बोकेर विगतमा लैजाने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply