प्रशान्त घर्तीमगर, बुर्तिबाङ २०७४ फागुन २९ । निसीखोला गाउँपालिका—४ का कृषकहरुलाई आज निशुल्क रुपमा उन्नत मकैको विउ वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय बागलुङबाट वडालाई ५० प्रतिशत अनुदानमा प्राप्त मनकामना—३ प्रजातीको मकैको बिउ कृषकहरुलाई निशुल्क वितरण गरिएको वडा स्तरीय कृषि समितिका अध्यक्ष लिलाबहादुर घर्तीले जानाकारी दिए ।
समितिले वडा नं. ४ अन्तरगत टोल स्तरमा गठन गरिएका ११ वटा कृषि समितिलाई प्रति समिति साढे २३ केजीका दरले २५८ केजी ५०० ग्राम मकैको विउ वितरण गरेको हो ।
बैठकमा अध्यक्ष घर्तीले जिल्लाबाट अनुदानमा प्राप्त भएको मकैको विउलाई सुदपयोग गरी व्यवसायिक बन्न कृषकहरुलाई आग्रह गरे ।
यस्तै बैठककै अवसरमा कृषकहरुले बाँदरबाट आतङ्कित बन्नु परेको गुनासो समेत गरेका छन् । बाँदरले वडाको जिरी, ओख्रनी, थापागाउँ लगायतका स्थानीयले घरमा राखेको मकैको बिउ लगायत अन्न तथा खानेकुरा नोक्सान पु¥याइदिने गरेको बताएका छन् । बाँदर भगाउने अनेक प्रयास गर्दा पनि बाँदरको आतङ्क कम नभएपनि त्यसको व्यवस्थापनका लागि गाउँपालिकाबाट उचित पहलकदमी हुनुपर्ने उनीहरुको माग छ ।
वडा स्तरीय कृषि समितिका अध्यक्ष लिलाबहादुर घर्तिको अध्यक्षतामा बसेको बैठकको सञ्चालन कृषि समितिका सचिव टंक रेग्मीले गरेका थिए ।