Sorry, that menu does not exist.
 

प्रवास : युएईमा मार्च २३ मा ‘नवराज पराजुली कविता कन्सर्ट’ कार्यक्रमको आयोजना !

जे.सागर, युएई २०७४ फागुन ३० (१४ फेब्रुवरी २०१८)। यस वर्षको पद्मश्री पुरस्कारबाट विभुषित कृति ‘सगरमाथाको गहिराई’का सर्जक कवि नवराज पराजुलीको युएईमा प्रत्यक्ष कविता वाचन कार्यक्रम हुने भएको छ ।

सिर्जना वाचन डबली युएईको प्रमुख आयोजना तथा ट्राभहिल डट कमको प्रस्तुतिमा ‘नवराज पराजुली कविता कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम आगामी मार्च २३ तारिख युएईको दुबई स्थित पानोरमा ग्र्याण्ड होटेलमा सम्पन्न हुँदैछ । दिउँसो १ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कवि पराजुलीले आफ्ना चर्चित कविता सुनाउने छन् । पृथक वाचन शैली र सरलतामा गहन भावको सिर्जना पस्किन खप्पिस पराजुली पछिल्लो समय देश तथा विदेशका साहित्यिक मञ्च लगायत सामाजिक सञ्जाल र मिडियाहरुमा लोकप्रिय बनेका छन् । केही समय अघि मात्र युरोपका विभिन्न मुलुक र कोरियामा कविता कन्सर्ट सम्पन्न गरेर फर्किएका पराजुली अहिले पनि साहित्यिक कार्यक्रमकै सिलसिलामा बेलायतमा छन् ।

बेलायतबाट फर्किने क्रममा युएईमा रहेका आफ्ना प्रशंसक माझ साक्षात्कार हुन लागेका पराजुलीको खाडी मुलुकमा यो नै पहिलो कार्यक्रम हो । समयले रुचाएका कवि पराजुली युएई आउने खबरले यहाँ रहेका साहित्यानुरागीहरु उत्साहित भएका छन् ।

उक्त कार्यक्रमलाई सफल पार्न युएईका प्रतिष्ठित नेपाली संघसंस्था गैर आवासीय नेपाली संघ ९ ल्च्ल्ब्० युएई ,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९क्ष्ल्ब्क्० युएई , इनास भाषा तथा साहित्य प्रवर्द्धन ग्लोबल समिति ,विवेकशील साझा सद्भाव समुह,पत्रकार महासंघ युएई लगायतका संस्थाहरुले सहयोग गर्ने भएका छन् । कार्यक्रममा कवि पराजुलीसँगै युएई स्थित सिर्जना वाचन डबलीमा आवद्ध सर्जकहरुले आफ्नो सिर्जना वाचन गर्नेछन् भने सोही कार्यक्रमका बिच अग्रज साहित्यकार मञ्जु काँचुलीलाई विशेष सम्मान गरिने आयोजकले बताएका छन् ।

विगत दुई वर्ष अगाडि देखि हरेक दुई महिनामा युएईमा रहेका सर्जकहरु बिच प्रत्यक्ष वाचनको अभ्यास शुरु गरेको सिर्जना वाचन डबलीको यो एघारौं शृङ्खला हो । बेलाबखत अतिथि साहित्यकारहरुलाई समेत आमन्त्रण र सम्मान गर्ने यस डबलीले यसअघि नै अग्रज साहित्यकारहरु डा।कृष्णहरि बराल, डा। कृष्णजंग रायमाझी ,कृष्ण प्रसाई लगायतका सर्जकहरुलाई युएईको साहित्यिक स्टेजमा उभ्याइसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply