काठमाडौँ २०७४ फागुन ३० । केहि समय अघि पदमुक्त भएको पत्र थमाईएका प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबाट दोश्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकीछन् ।
राष्ट्रपतिलाई सपथ खुवाउन शितल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्यायपरिषदले उमेरको हदका कारण पदमुक्त भएको पत्र दिएको थियो ।
पदमुक्त गरिएका प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपति भण्डारीले लिएको सफथले अर्को संवैधानिक प्रश्न खडा गरेको छ ।