गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत १ । लागु औषध दुरुपयोग विरुद्धको चेतनामूलक सन्देश फैलाउन पृथ्वी माद्यमिक बिद्यालय हरिचौरमा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमूखिकरण कार्यक्रममा गल्कोट नगरपालिका ५ का राजनैतिक दल, समाजसेवी, सामुदायिक प्रहरी सेवा केन्द्र रातामाटा र रामरेखाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, बिद्यार्थी, शिक्षक सहितको सहभागिता थियो ।
रामरेखा सामुदायिक सेवा केन्द्र एवम् रातामाटा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा पृथ्वी माद्यमिक बिद्यालय हरिचौरमा सञ्चालन गरिएको कार्यक्रममा लागु औषध दुव्र्यसनी, कारण, लागु औषधीका किसिम, उत्पादन, यसको प्रयोग गरे हुने सजाय लगायतका बिषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बिश्व राजसिह थापाले सहजिकरण गरेका थिए ।
सो अवसरमा प्रनाउ थापाले लागु औषध र यसको नियन्त्रणका लागि बनेका नीति तथा कानुनी व्यवस्था, नेपालमा भएका रोकथाम तथा न्यूनिकरणका प्रयास आदि विषयमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा लागु औषधको सेवनले मानिसको दिमागमा नकारात्मक असर पार्नुको साथै अस्वभाविक व्यवहार देखाउछ त्यो लागु औषध हो भने खुल्ला लागु औषध, आंशिक खुल्ला लागु औषध तथा पूर्ण बन्देज गरिएका लागु औषधको बारेमा जानकारी गराईएको थियो ।
लागु औषधमा पर्ने कारण साथीसंगको लहैलहैमा लाग्ने कारणले, अभिभावकको हेलचक्राइ, मनोरञ्जन, आर्थिक कारणले गर्दा पनि कुलतमा फस्ने गरेको र त्यसको असर भनेको एक्लै वस्ने, पहिलेको भन्दा अस्वभाविक व्यवहार देखाउने, दुव्लाउदै जाने, झोलामा फरक सामाग्री राख्ने, गरेको पाइन्छ । यसरी हाम्रो समाजमा भएका दुव्र्यसनीलाई रोकथामको लागि घरपरिवार, विद्यालय र समाजका मानिसहरुले सकारात्मक व्यवहार देखाइ उनिहरुलाई सकारात्मक वातावरण दिनुपर्ने साथै भूमिका निभाउनु पर्ने र यस सम्वन्धि वनेको निति नियम तथा सजायको बारेमा प्रश्तुतीकरण गरिएको थियो ।
८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरु वढी जिज्ञासु हुने र दुव्र्यसनीमा पर्ने भएकोले उनिहरुलाई शिक्षक तथा घरपरिवारबाट यसबाट पर्ने नकारात्मक असरको बारेमा जानकारी गराईएको थियो ।