Sorry, that menu does not exist.
 

पर्वतका पत्रकार छविलाल तिवारीलाई ज्यानमार्ने धम्की !

बागलुङ २०७४ चैत २ । आफ्नो कुत्सित स्वार्थ प्रतिकुल समाचार सम्प्रेषण भए पत्रकारलाई धम्क्याउने प्रवृत्ति बढेको छ । कुन सन्चारमाध्यम वा कुन अनलाईन पत्रिकामा के शिर्षकमा कुन समाचार प्रकाशित भएको छ भन्ने सम्म हेक्का नराखी ‘श्रोत खुला, हावादारी समाचार लेख्ने तुरुन्त हटा…’ जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेर दादागिरी देखाउने फिस्टे प्रबृत्ती बागलुङमा देखिएकै समयमा छिमेकी जिल्ला पर्वतका एक पत्रकारलाई ज्यान मार्ने सम्मको धम्की दिएको सनसनीपूर्ण समाचार प्रकाशमा आएको छ ।

समाचार श्रोतका अनुसार नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष ,नागरिक दैनिकका संवाददाता छविलाल तिवारीलाई समाचार सम्प्रेषणको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी ज्यान लिने धम्की दिएका छन् ।

२०७४ फागुन २० गते काठमाडौँबाट प्रकाशित हुने एक पत्रिकामॉ निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको विषयलाई लिएर निर्माण व्यवसायी भण्डारीले फोनबाट पत्रकार तिवारीलाई मारेर फालिदिने भनी धम्काएको समाचारले पत्रकार जगतको ध्यानाकर्षण हुन स्वभाविकै हो ।

यस घटनाप्रति ईबागलुङले घोर भर्त्सना गर्दै मार्ने सम्मको धम्की दिने व्यक्तिलाई कानूनी कार्बाहीको माग गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply