घनश्याम खरेल, गुल्मी २०७३ माघ २९ । नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
‘गाउँ गाउ घर घरमा जाऔं माओवादी केन्द्रलाई जिताऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वम्घा वलेटक्सार वडा भेला तथा अधिवेशनको माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तथा क्षेत्र नम्वर २ का संयोजक बुद्धि जिसीले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले यस अघिको चुनावमा विजुली चोरेको पैसाले भोट किनेर कतिपय नेताले जितेको आरोप लगाए ।
‘ विजुली चोरहरु कसरी राष्ट्रवादी ?’
नेता जिसीले प्रति प्रश्न गर्दै भने–‘ जसले महाकालि बेच्यो , जसले राजनैतिक आवरणमा विजुली चोरहरुलाई विद्युत प्राधिकरणमा भर्ति ग¥यो र विजुली चोर्न लगायो अनि त्यसको कमिशनबाट आएको रकमले चुनावमा भोट किनेर चुनाव जित्यो त्यो कसरी राष्ट्रवादी बन्यो ?’
आखिर यहि विद्युतले काठमाण्डौ , पोखरा चितवन जस्ता ठुला औद्यौगिक शहरहरुमा लोडसेडिङ्ग मुक्त शहर बनाउन सकिदो रहेछ जुन प्रचण्ड नेतृत्वको सरकारले गराएर देखायो , यहि गुल्मीमा पनि लगतार चौविस पच्चीस घण्टा सम्म लोड सेडिङ्ग हुन्थ्यो अहिले छैन विजुली चोरेर पैसा कमाउने र चुनावमा खर्च गरिदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि ’ उनको यस्तो आरोप थियो–‘विजुली चोरहरु त्यसको पोल खुले पछि नक्कली राष्टवादको कुरा गरेर माओवादी संग रिस फेर्न चाहेका छन् । ’
उनले विपक्षीलाई यस्तो पनि आरोप लगाए मोटर वाटो जनताको अधिकार हो , खाने पानी जनताको अधिकार हो तर तपाईहरु किन हाम्रो पार्टीले ल्याए दिएको विकास निर्माण हो भन्दै र सय पचास मिटर पाईप बाँड्दै जनतालाई वेवकुफ बनाउँदै हुनु हुन्छ त्यो त सरकारलै नै उपलव्ध गराएको कुरा हो ।’
कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली , नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य तथा रुरु संस्कृत क्याम्पस, रिडीका उप प्राध्यापक खगेन्द्र गौतम , वाईसियल जिल्ला अध्यक्ष ताराबहादुर राना ( प्रवल ) , अनेम संघ ( क्रान्तिकारीकी जिल्ला कोषाध्यक्ष सुचना ठटराई , प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार , श्रृङ्गीश्वर बहमुखी क्याम्पस रानीवास मुल ईकाई कमिटीका अध्यक्ष किशन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
वन्द सत्र पछि अहिले वम्घा र वलेटक्सार दुवै वडाको बन्द सत्र चलि रहेको र वन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने आयोजक कमिटी संयोजक वलेटक्सार अधिवेशन आयोजक कमिटी संयोजक शिव शर्माले जानकारी दिए ।
वम्वघा वलेटक्सार संयुक्त भेला तथा अधिवेशन आयोजक कमिटी संयोजक हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वलेटक्सारका संयोजक शिव शर्माको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तथा वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद पौड्यालले गरेका थिए ।
यसै विच आजै नेकपा माओवादी केन्द्र ठुलोलुम्पेकमा केन्द्रिय कार्यालय सदस्य डिलाराम आर्चायको प्रमुख आथित्यतामा अधिवेशन चलिरहेको प्रचार विभाग प्रमुख युवाराज केसीले दिए ।
उनका अनुसार आजै अर्वेनीमा पोलिटव्युरो सदस्य सुदर्शन वरालको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ । त्यस्तै जुभुङ्गमा क्षेत्रिय संयोजक अशोक थापा मुक्तीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।
भनभनेमा पोलिटव्यरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको र नयाँ कार्य समिति भोली सार्वजानिक गरिने प्रचार विभाग प्रमुख केसीले जनाएका छन् ।
अन्य पार्टी बाट माओवादीमा प्रवेश
यसै विच वम्घा बलेटक्सार अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वलेटक्सारमा नेकपा एमाले परित्याग गरी जिवन शाही , जितबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, विष्णु ज्ञवाली ६० जना नेकपा माओवादीमा प्रवेश गरेको वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायणप्रसाद ज्ञवालीले जनाएका छन् ।
त्यस्तै रिमुवाबाट अनिले बस्नेत , कृष्ण पल्ली मुक्त पल्लीका युवाहरुको नेतृत्वमा वडा नम्वर १ का ५५ घरधुरी जनता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । त्यस्तै वम्घामा त्रिलोचन कुँवरको अध्यक्षतामा २५ जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यस्तै माओवादीबाट चुनाव ताका नेकपा एमालेमा प्रवेश गरेको बताईएका नेकपा एमालेमा वम्घाका मधु कुँवर र लेखनाथ गौतम लगायतका दर्जनौ युवाहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य बुद्धि जिसीले अविर पहिराउँदै पार्टीमा स्वागत गरेका थिए ।