Sorry, that menu does not exist.
 

धौलागिरी बहुमुखी क्याम्पसमा चैत ४ गते देखी सेमेष्टर प्रणालीबाट पढाई सुरु गरिने !

ईतिहास र राजनीति शास्त्रका शिक्षकलाई त्रिबिबिले व्यवस्थापन नगर्दा क्याम्पसलाई आर्थिक भार !

बागलुङ २०७४ चैत २ । धौलागिरी बहुमुखी क्याम्पसमा चैत ४ गते देखी समेष्टर प्रणालीबाट पठनपाठन सुरुहुने भएको छ । आज चैत २ गतेदेखी कक्षा सन्चालन हुने पूर्व निर्धारित समय तालिका भएपनि एकजना प्राध्यापकको निधनले गर्दा त्रिभुवन विश्वविद्यालय र सो अन्तर्गतका आँगिक क्याम्पसहरुमा बिदादिईएकोले पर्सि आईतवार चैत ४ गते देखी पढाई सुरु हुने भएको हो ।

धौलागिरी बहुमुखी क्याम्पसको ५५ औँ वार्षिकोत्सवका अवसरमा क्याम्पसमा आयोजित धौलागिरी बहुमुखी क्याम्पस वर्तमान र आगामि कार्यक्रम विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले पछिल्लो समय शिक्षाको गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । प्रदेश न. ४ मा पिएन क्याम्पस पछिको ठूलो क्याम्पस भए पनि व्यवस्थापकीय कमजोरीका कारण खोज तथा अनुसन्धानमुलक पढाइको गुणस्तर कमजोर भएको प्रति चिन्ता व्यक्त गरेका थिए।

क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले क्याम्पसमा स्नातकोत्तर र स्नातक तहमा सेमेष्टर प्रणाली लागुगर्ने योजना रहेको जनाउ दिँदै क्याम्पसमा पढाईको गुणस्तर कमजोर भएको र विद्यार्थी संख्या घटिरहेको समयमा गुणस्तरीय शिक्षाको लागि निकट भविष्यमै सेमेष्टर प्रणाली लागु गरिने योजना बनाएको बताएका थिए ।

५५ औँ बार्षिकोत्सवको समापन समारोहका प्रमुख अतिथी त्रिवि सेवा आगोगका अध्यक्ष चैतन्य शर्माले स्वदेशमा रोजगारी सिर्जना गर्ने किसिमको शिक्षा प्रणाली शुरु गर्न त्रिभुवन विश्व विद्यालयले सेमेस्टर प्रणाली ल्याएको प्रष्ट पारेका थिए । यस प्रणालीबाट पठन पाठन गरिएमा क्याम्पस उल्लेख्य सुधार हुने विश्वास गरिएको छ ।

यहि फागुन ३० गते क्याम्पस प्रशासनले ईबागलुङलाई दिएको जानकारी अनुसार अहिले क्याम्पसमा १ हजार ५ सय ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
सो अवसरमा निमित्त क्याम्पस प्रमुख ओमप्रसाद शर्माले व्यवस्थापनमा सर्वाधिक ५ सय ७४ जना बिद्यार्थीले अध्ययन गरिरहेको र शिक्षा शास्त्रमा ४ सय ६६, मानविकी तर्फ १ सय ६५ र विज्ञानमा ९७ जना विद्यार्र्थीले पढिरहेको र ईबागलुङलाई बताए ।

नि क्याम्पस प्रमुख शर्माले क्याम्पसमा विविध विषयका पूर्णकालीन शिक्षकहरुको संख्या ३५, करार सेवामा ६ र आँशिक शिक्षकहरु ३७ जना रहेका पनि बताए ।

स्नातकोत्तर कक्षामा मानविकी तर्फ नेपाली र शिक्षा विषयमा पढाई चालु रहेको छ । तर स्नातक तहमा ईतिहास, राजनीति शास्त्र विषयमा अध्ययन गर्ने विद्यार्थी संख्या करीब करीब शुन्यमा झरेको बुझिएको छ । यसै कुरालाई मध्यनजरगरी स्नातक तहमा राजनीती शास्त्र र ईतिहास विषयमा कति जना विद्यार्थीहरु पढिरहेका छन त ? भन्ने ईबागलुङको जिज्ञासामा क्याम्पस प्रशासनले यो तथ्यांक तयार पार्न केहि दिनलाग्ने बताउदै यसको लागि पछी क्याम्पसकी सूचना अधिकृत अम्बिका रेग्मीसंग मोबाईल फोन ९८४७६३००३० मा सम्पर्क गरी जानकारी लिन अह्रायो ।

क्याम्पसमा पछिल्लो समय प्राविधिक विषय व्यवस्थापन, शिक्षा, विज्ञान प्रति विद्यार्थीको आकर्षण बढेको प्राप्त आँकडाले देखाएकोछ । जब ओरियन्टेड स्ट्रिमप्रति विद्यार्थीको आकर्षणले ईतिहास, राजनीति शास्त्र विषयप्रति विद्यार्थीको मोहभंग भएको विश्वास गरिएको छ ।

श्रोतका अनुसार स्नातक तहमा ईतिहास र राजनीति शास्त्र शिक्षकहरु विषयगत विद्यार्थी नहुनाले नपढाईकन समय व्यतित गरिरहेको अवस्था छ । उनिहरुको दैनिकी क्याम्पसमा आउने हाजिर गर्ने तलब बुझ्ने मै सीमित बनेको छ । उता प्राविधिक विषयहरुमा विद्यार्थीको चाप बढ्नाले ती विषयगत शिक्षकहरु त्रिविविले व्यवस्थापन नगर्नाले क्याम्पस आँशिक शिक्षकको भरमा चलेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसको दरबन्दीमा रहेका ईतिहास र राजनीति शास्त्र विषयका शिक्षकहरुलाई त्रिबिबिले अन्यत्र व्यवस्थापन नगर्दा एकातिर दक्ष शक्ति त्यत्तिकै खेरगैरहेको छ भने अर्कोतिर क्याम्पसलाई र्आिर्थक भार थपिएको छ । क्याम्पसमा निस्क्रिय रहेका शिक्षकहरुलाई उपयुक्त जिम्मेवारी दिएर व्यवस्थापन गर्नुपर्ने भन्दै नागरिक समाजले त्रिबिबिको ध्यानाकर्षण गराएको छ ।

धौलागिरी बहुमुखी क्याम्समा शिक्षक बन्ने बाटो पनि अनौठो छ । केहि वर्ष पहिले क्याम्पसका विव्दान शिक्षक शिवशरण ज्ञवालीले धौलागिरी बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव स्मारिका २०७० मा क्याम्पस मेरो विश्वविद्यालयभन्ने शिर्षकमा लेखेको लेखलाई लिएर धौलाश्री अनलाईनले २०७२ साल असोज १ गते शिवशरण सरको बकपत्रले उब्जाएका केहि गम्भीर प्रश्नहरु… शिर्षकमा एक टिप्पणी प्रकाशित गरेको थियो ।

एकातिर कुनै शिक्षकले बकपत्रव्दारा क्याम्पस प्रशासनको खिल्ली उडाईरहेका छन भने अर्कोतिर विज्ञ शिक्षकहरुले बिद्यार्थी नहुँदा पढाउन नपाएको अवस्था छ । यसलाई धौलागिरी बहुमुखी क्याम्पसको बिडम्वना नै मान्नुपर्छ ।

यहि हो, शिवशरण सरले क्याम्पसको स्वर्णमहोत्सव स्मारिका २०७० मा प्रकाशित लेख ।

तस्वीर-कुसुम थिङ, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply