Sorry, that menu does not exist.
 

ढोरपाटन महोत्सवलाई नगरपालिकाले रु १० लाख दिने, उत्तरगंगा माविको प्रअमा ईश्वरी पौडेल !

प्रशान्त घर्तिमगर, बुर्तिवाङ २०७४ चैत ३ । शुक्रबार ढोरपाटन नगर कार्यपालिकाको बैठकले उत्तरगंगा माविमा अध्यापनरत शिक्षक इश्वरी पौडेललाई प्रध्यानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

नगरप्रमुख देवकुमार नेपालीको अध्यक्षतामा बसेको बैठकमा इश्वरी पौडेललाई विद्यालयको प्रध्यानाध्यापकको जिम्मेवारी दिनुपर्ने प्रस्ताव पेश गरिएकोमा प्रस्तावमाथि फरक मत राख्दै नेपाली कंग्रेसका १ जना वडाअध्यक्ष र राष्ट्रिय जनमोर्चाबाट निर्वाचित कार्यपालिका सदस्यहरुले भने प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालिरहेका नविन जीसीलाई नै प्रअको जिम्मेवारी दिनुपर्ने बताएका थिए । तर, कार्यपालिका सदस्यको बहुमतको आधारमा पौडेललाई प्रअको जिम्मेवारी दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिपक थापाले बताए ।

विद्यालयका पूर्व प्रध्यानाध्यापक धनुबहादुर कुँवरको अवकाश पछि उनले विद्यालयका शिक्षक नविन जीसीलाई प्रअको जिम्मेवारी सुम्पिएपछि विद्यालयमा विबाद उत्पन्न भएको थियो । उक्त विबादकै कारण अहिले नगरपालिकाले दोस्रो चौमासिक तलबभत्ता रोकेको छ । जसका कारण नगरपालिकाका अन्य विद्यालयमा तलब भत्ता उपलब्ध भएपनि उत्तरगंगा माविका शिक्षक तथा कर्मचारीहरुले भने तलव भत्ता पाएका छैनन । अव, नगरकार्यपालिकाको निर्णय यथाशिघ्र विद्यालयलाई जानाकारी गराइने र विद्यालयले नयाँ खाता खोलेपछि तलब भत्ता पनि तत्काल निकासा गरिने प्रवक्ता थापाले बताए ।

त्यस्तै, बैठकले नयाँ बर्षमा बुर्तिबाङमा आयोजना हुन लागेको ढोरपाटन महोत्सव—२०७५ लाई रु १० लाख विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, तमानखोला गाउँपालिकाको धनगौज्योती माध्यमिक विद्यालयमा अध्यापनरत माध्यमिक तहका गणित शिक्षक दिपक छन्त्याललाई उत्तरगंगा माविमा सरुवाको लागि अनुमति दिने निर्णय गरेको छ । यो सँगै कार्यपालिका बैठकले शैक्षिक सत्र २०७५ को लागि नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको कक्षा १ मा अंग्रेजी माध्ययमबाट पढाई सुरु गर्न जनक शिक्षा सामाग्रीलाई अंग्रजी माध्ययममा पाठ्यपुस्तक प्रकाशनको लागि जिम्मा दिने लगायतको निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले नगर उपप्रमुख करमती पुनमगरको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समित गठन गरेको छ । जसका अन्य सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, प्रवक्ता दीपक थापा, कार्यपालिका सदस्य गोकुल शेरचन र १ जना प्राविधिक रहने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply