डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ३ । मंगोल नेशनल अर्गनाईजेशनले बागलुङ बजारमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मंगोल नेशनल अर्गनाईजेशन प्रदेश नंम्बर–४ का सचिव प्रेम छिरी शेर्पा र मंगोल नेशनल अर्गनाईजेशन रुपन्देहीका सह सचिव सुदिप थापा मगरले मंगोल नेशनल अर्गनाईजेशनका बारेमा जानकारी गराएका थिए । त्यस्तै उनीहरुले नेपालमा ८० प्रतिशत मंगोल रहेको र ती सबै मंगोलहरु धेरै पछाडी रहेको बताए ।
अब मंगोलहरु अगाडी बढ्नका निम्ती सबै मंगोलहरु एक जुट भएर मंगोल नेशनल अर्गनाईजेशनमा आवद्ध हुन उनीहरुको आग्रह रहेको थियो ।
त्यस्तै सोही कार्यक्रम कै अवसरमा अनुप बुढा मगरको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको गरिएको छ । समितिको सदस्यहरुमा रितु घर्ती मगर, बाबु घर्ती मगर, धनबहादुर घर्ती मगर, रितु बुढा मगर, मिना बुढा मगर, तन्डु घर्ती मगर रहेका छन् ।
अर्गनाईजेशनले आगामी चैत २४ गते बागलुङ बजारमा व्यापक तरीकाले प्रशिक्षण चलाउने र यो संगठनमा आबद्ध हुन चाहानेहरुलाई आबद्ध गराउने जनाएको छ ।