महेन्द्र केसी, पर्वत २०७४ चैत ५ । रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत सोमबार कुस्मा बजारमा विशाल सांस्कृतिक झाँकी निकालिएको हो । कार्यक्रममा सयौ मानिसहरु सहभागी थिए । स्थानीय विभिन्न महिला, आमा समुह, क्लबहरुको सहभागीता रहेको थियो ।
सांस्कृतिक कार्यक्रममा क्लबका युवाहरु नेपाली पोशाक दौरासुरुवा, भादगाउले टोलीमा सजिएका थिए भने युवतीहरु गुनियो जोली तथा विभिन्न जातिगज भेषभुषामा सजिएका थिए ।
स्थानीय लोक संस्कृतिको पहिचान, संर्बद्धन र प्रर्बद्धनको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष मिलन पौडेलले बताए । जिल्लाको पहिचान र लोक संस्कृति, भेषभुषाको प्रर्वद्धन गर्नको लागि सांस्कृतिक ¥यालीको आयोजना गरेको उनको भनाई थियो ।
हरेक बर्ष क्लबले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको र सोही अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक भिष्मा थापाले बताइन ।
यसैवीच सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लब अफ पर्वतले जिल्लामा २ विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत रोट्याक्टले कुश्मा नगरपालिका १३ मा रहेको प्रगती आधारभूत विद्यालय र जनजागृती आधारभूत विद्यलायका १५।१५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
साथै सोही अबसरमा देउराली युवा क्लब का खेलाडीहरु लाई खेलकुदका सामग्रीहरु सरसफाइका समानहरु पनि वितरण गरेको क्लबले जनाएको छ । उक्त कार्यक्रमको संयोजक उत्तम क्षेत्री रहेका थिए ।