गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत ८ । गल्कोट नगरपालिका ८ काँडेबास उचाका तथा थालेपोखराका स्थानियलाई खानेपानीको समस्याले सताउन थालेको छ । फागुन महिना लागेसँगै काँडेवासको दुई गाउमा खानेपानीको समस्या परेको छ । बर्षातको समयमा पर्याप्त मात्रामा पानी भएपनी फागुन देखि असार सम्म प्रत्यक वर्ष पानीको समस्या झेल्नु परेको थालेपोखरा प्राथमिक बिद्यालयका प्रध्यानाध्यापक नरिश्वर गौतमले बताए ।
भौगौलिक बनावटले निकै उच्च स्थानमा रहेका उचाका र थालेपोखरामा हिउँदको आकासे पानीबाट कष्टकर जीवन गुजार्नु पर्ने बाध्यता रहेको गौतमको भनाई छ ।
उचाका गाउँका १८ घरधुरी र एक बिद्यालयमा २०६९ सालदेखि घैटोमा आकासे पानी सँकलन गरि प्रयोग गर्ने गरिएको छ । त्यस्तै थालेपोखरा क्षेत्रका ५२ घरधुरी पनि घैंटोमा संकलन गरिएको पानीकै भरमा हिउँदका ४ महिना गुजार्नु परेको स्थानिय दुर्गा बहादुर केसीले बताए ।
यतिबेला लामो समय सम्म आकाशे पानी नपरेका कारण घैटामा संकलन भएको पानी सकिएको छ । घैटा रित्तिएसँगै आर्थीक अबस्था कमजोर भएका त्यस क्षेत्रका बासिन्दाले घरदेखि ३ देखि ४ किलोमिटर टाढा भएको मुहानबाट खानेपानी बोक्न बाध्य भएका छन । कांडेबास बजार देखि ४ र ५ घण्टाको पैदल दुरीमा रहेको उक्त क्षेत्रका बासिन्दा खानेपानीकै समस्याकै कारण बेसी तिर बसाई सर्न थालेका छन । आर्थीक अवस्था सुधारेकाहरु वसाँई सरिसकेका केसीको भनाई छ ।