झरना कँडेल, बुर्तिवाङ २०७४ चैत ८ । ढोरपाटन नगरपालीकाले वडा नं ३ सामामा गठित हरियाली कृषक समुहलाई उन्नत जातका बाख्रा बितरण गरिएको छ ।
बाख्रा पालनको माध्ययमबाट कृषकहरुको जीवनस्तर सुधार तथा स्तरोन्नती गर्ने र नगरपालिकालाई मासुमा अत्मनिर्भर बनाउने उद्धेश्यका साथ सञ्चालित ३ नं वडाको कार्यक्रम अन्र्तगत वडा नं ३ सामाका हरियाली कृषक समुहमा आबद्ध रहेका ९ जना कृषकहरुलाई ९० हजार बराबरको अनुदानमा उन्नत जातको माउ बाख्रा हस्तान्तरण गरिएको ढोरपाटन नगरपालीका वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगरले जानाकारी दिए ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत रामप्रसाद आचार्य, पशु शाखा प्राबिधिक प्रमुख खुमानन्द पोखरेल पत्रकार लगायतको टोलीले सामामै पुगेर सो कृषक समुहका चन्द्रलाल भुषाल, गंगा बहादुर कार्की , मुमलाल घिमिरे , जुद्धलाल पाण्डे , पार्वती सुनार , टेकलाल पाण्डे , छम बहादुर बोहोरा रुपलाल घिमिरे , दिपकला पाण्डेलाई एक एक वटाका दरले उन्नत जातका माउ बाख्रालाई ट्याग गरेर हस्तान्तरण गरिएको हो ।
सोही अबसरमा प्राविधी प्रमुख पोखरेलले सुधारिएको खोर निर्माण गर्न कृषकहरुलाई आग्रह गरेका थिए ।