Sorry, that menu does not exist.
 

श्रेष्ठ दम्पतिव्दारा १५ लाख ५५ हजारको लागानीमा लेखानीमा भ्यू टावर निर्माण

कोपिला कंडेल, बागलुङ २०७४ चैत ८ । काठेखोला गाउंपालिका ८ लेखानीमा श्रेष्ठ दम्पत्तीले भ्यु टावर निर्माण गरेका छन् । साबिकको लेखानी ४ मा जन्मिएका र हाल बागलुङ नगरपालिका २ मा घर भई बैदेशिक रोजगारका लागि युृकेमा बस्दै आएका पुर्ण बहादुर श्रेष्ठ र खीम कुमारी श्रेष्ठले आफ्ना स्वर्गिय मातापिता एबं सासु ससुरा कुलमान श्रेष्ठ र डम्बर कुमारी श्रेष्ठको स्मृतिमा लेखानी ८ सेतीचौरमा कुलमान श्रेष्ठ भ्यु टावर निर्माण गरेका हुन् । १५ लाख ५५ हजार रुपयाँको लगानीमा सो भ्यु टावर निर्माण सम्पन्न भएको श्रेष्ठ दम्पत्तिले जानकारी दिए ।

सो भ्यू टावरको बिहिबार एक समारोहका बिच निर्माणकर्ता पुर्ण बहादुर श्रेष्ठले उद्घाटन गर्दै लेखानीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न एबं काठेखोला गाउंपालिकाको पहिचानका लागि भ्यू टावर निर्माण गरेको बताए ।

पर्यटन क्षेत्र एबं गाउंको बिकास र बिस्तारका लागि आफु आगामी दिनमा अझै लगानी गर्न तयार रहेको चर्चा गर्दै उनलेले आफु जहां रहेपनि जन्मभुमी प्रतिको मायां र सद्भावलाई सदैब आत्मसाथ गर्ने बताए ।

त्यसैगरी प्रदेश सांसद मणिभद्र शर्मा कंडेलले भ्यु प्वाईन्टलाई जीवन्त बनाउनका लागि सबैको सहयोग र सद्भाव हुनुपर्ने बताएका थिए । लेखानी पर्यटकीय सम्भावनाको महत्व क्षेत्र रहेको भन्दै प्रदेश सांसद कंडेलले लेखानीको बिकासका लागि श्रेष्ठ दम्पत्तिले अहिले सम्मकै ठुलो धनरासी खर्च गरेको भन्दै धन्यबाद समेत दिए ।

त्यसैगरी काठेखोला गाउंपालिका वडा नम्वर ८ का अध्यक्ष चित्रकला छन्त्याल श्रीसले गाउंको बिकासका लागि सबै एक हुुनुपर्ने भन्दै भ्यु टावरको संरक्षण र बिकास गर्नु सबैको दायित्व भएको बताईन । सो अवसरमा साबिकको लेखानी गाबिसका पुर्व गाबिस अध्यक्ष दिल बहादुर छन्त्याल र वडा नम्वर ८ का सदस्य चन्द्र बहादुर पुनले स्थानिय तहको बिकासका लागि सबै संग हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

सो भ्यु टावरबाट नेपालका प्रशिद्ध हिमश्रृङ्खला र काठेखोला गाउंपालिकाका सबै वडा अवलोकन गर्न सकिन्छ । भ्यु टावर श्रेष्ठ दम्पmिले आजै समुदायमा हस्तान्तरण गरेका हुन् । भ्यु टावरको संरक्षणका लागि ११ सदस्यीय कुलमान श्रेष्ठ भ्यु टावर संरक्षण समिति समेत गठन गर्नेे बताईएको छ ।

कार्यक्रम साबिकको लेखानी गाबिस ४ का अध्यक्ष रुद्र बहादुर श्रेष्ठको अध्यक्षता, आमा समुहका सचिव सुनिता छन्त्यालको स्वागत मन्तब्य र कृष्ण बहादुर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply