Sorry, that menu does not exist.
 

सर्वोदय माध्यामिक विद्यालय बरेङ केन्द्रमा परीक्षा शान्तिपूर्ण, २ परीक्षार्थी अनुपस्थित !

प्रकाश छन्त्याल, बरेङ २०७४ चैत ८ । बिहीबारदेखि सुरु भएको एसईईको परीक्षाको पहिलो दिन बरेङ गाउँपालिका भित्र रहेका परिक्षा केन्द्रमा पनि शान्त रुपमा सम्पन्न भएको छ ।

सर्वोदय माध्यमीक विद्यालय श्रोत केन्द्र र बाटाकाचौर श्रोतकेन्द्र गरी दुई केन्द्र रहेको बरेङ गाउँपालिकामा २ सय ६४ जना परीक्षार्थी रहेका छन् । पहिलो दिनको परिक्षामा २ जना परीक्षार्थी अनुपस्थीत भएको परिक्षा संचालन समितिले जनाएको छ ।

सर्वोदय माध्यामिक विद्यालय बरेङ केन्द्रमा बालज्योती बोर्डिङ बरेङ, पुरुषोदय मावि बराहकोट, धुल्लु लिउँवा मावि धुल्लुबास्कोट, सारदा मावि बाटाकाचौरबाट १ सय ३८ विद्यार्थी परीक्षामा सम्मीलीत हुनुपर्नेमा धुल्लु लिउँवा माविका छात्रा सरस्वती केसी र सारदा माविका विकास खत्री परीक्षामा सहभागी नभएका हुन् ।

सो केन्द्रमा ६५ जना छात्र र ७१ जना छात्राले परीक्षा दिएका थिए भने सारदा मावि बाटाकाचौर केन्द्रमा सर्वोदय मावि बरेङ, भृकुटी मावि हुग्दिशिर, महेन्द्र मावि शुखौरा, सल्यान शुखौरा मावि शुखौराबाट ६२ जना छात्रा र ६४ जना छात्र गरी १ सय २६ जना परीक्षार्थी परीक्षामा सम्मेलीत भएका थिए ।

त्यस्तै पहिलो दिनको परीक्षाको अनुगमन गर्दै जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरिक्षक विदुर चापागाईँले पहिलो दिनको परीक्षा शान्त र भयरहित वातावरणमा सम्पन्न भएको बताए ।
Chat Conversation End
Type a message…

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply