मिनु बिसी, बागलुङ २०७४ चैत ९ । बागलुङ जिल्लाको तमानखोला गाउपालिका-१ स्याउलामा ‘एक घर एक धारो’ कार्यक्रम अन्तर्गत १ सय २२ धारा निर्माण भएका छन् । हङकङ स्थित कादरी संस्थाको सहयोगमा स्याउला खानेपानी योजनाबाट यी धाराहरु निर्माण गरिएका हुन् ।
एक घर एक धारो कार्यक्रम अन्तरगत १ सय २२ धाराहरु निर्माण सम्पन्न भएपछी हिँजो चैैैैत ८ गते एक अनौपचारिक कार्यक्रमका वीच हङकङ स्थित कादरी संस्थाको प्रधान कार्यालयका म्यानेजरले धारा खोलेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पोखरा स्थित कार्यालयका दुद्यमान गुरुङ, म्यानेजर मनबहादुर थापाको विशेष उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय गाउँवासीको उत्साहजनक सहभागित रहेको थियो भने सोहि कार्यक्रममा पाहुनाहरुलाई भव्यताका साथ विदाई गरिएको तमानबाट भविन्द्र सिउतानी मगरले समाचार पठाएका छन् । घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछी उपभोक्ताहरु औधि खुशी भएको पनि सिउतानी मगरले ईबागलुङलाई बताए ।